भिडियो

बोल माया २ यानिकी गलबन्दीकी लजालु अञ्जली रियलमा छिन् यस्ती हट तपाइले बिश्वास नै गर्न सक्नु हुन्न [भिडियो हेर्नुहोस]

गायक प्रकाश सपुत र गायिका शान्ति श्री परियारको नयाँ दोहोरी गीत ‘गलवन्दी‘ यतिबेला सामाजिक सञ्जालमा ‘हट टपिक’ बनेको छ । तर, गीतका गायक गायिकालाई ओझेलमा पार्ने गरी सर्वाधिक चर्चा भइरहेको छ, मोडल अञ्जली अधिकारीको ।गीतको भिडियोमा अञ्जलीको ‘एक्सप्रेसन’ ले सबैलाई लठ्ठ बनाएको छ । उनी अति लजालु गाउँले युवतीको रुपमा देखिएकी छिन् । सामान्य शब्द र औसत स्तरको गीतलाई भिडियोले जुरुक्कै माथि उठाएको छ । ३ दिनमा २६ लाखभन्दा बढीले हेरिसकेको भिडियो एक महिनाभित्र एक करोड क्लवमा प्रवेश गर्नेमा शंका छैन । टिकटकमा पनि यो गीत अत्यधिक लोकप्रिय बनिरहेको छ।

यसअघि प्रकाश सपुतकै ‘बोलमाया’ बोलको गीतमा पनि अञ्जलीले मोडलिङ गरेकी थिइन् । सो मर्मस्पर्शी गीतमा पनि अञ्जलीको अभिनयलाई रुचाइएको थियो । पैसा कमाउन विदेश गएका श्रीमान लाश बनेर बाकसमा आउँदा गर्भवती श्रीमतीको बेदनालाई उनले जिवन्तरुपमा प्रस्तुत गरेकी थिइन् । सोही गीतको ‘पि्रक्वेल’ बताइएको गलबन्दीमा चाहिँ उनले विहे पूर्व रोदीमा दोहोरी गाएको देखाइएको छ । गायक प्रकाश सपुतले भिडियोमा अञ्जलीलाई साथ दिएका छन् । भिडियो हेर्नुहोस

Related Articles

Back to top button
Close