समाचार

नायिका पुजा शर्माको महिनाको खर्च मात्रै ९५ हजार, कहाँ खर्च गर्छिन यति धेरै पैसा ?

म अलि खर्चालु छु । बच्चैदेखि ड्रेसअप, मेकअप तथा खानपिनमा राम्रै खर्च हुन्छ । कलेज पढ्दा पनि प्रायः मैले नै साथीहरूलाई खाजा खुवाउँथेँ । त्यतिवेला बाबा–मम्मीले दिएको ‘पकेट मनी’बाटै काम चलाउनुपथ्र्याे । मलाई ‘धेरै खर्चालु छेस्’ भन्नुहुन्थ्यो ।

आफैँ कमाउन थालेपछि त खर्चको मात्रा झन् बढेको छ । महिनामा कति खर्च हुन्छ, ठ्याक्कै हिसाब राख्ने गरेकी छैन । तर, ८५ देखि ९५ हजार रुपैयाँ खर्च हुने अनुमान छ । अत्यावश्यक काममा त पैसा खर्चनु नै प-यो नि !

ड्रेसअपमा ३५ हजार

सबैभन्दा बढी खर्च डे«सअपमा हुन्छ । कुनै पनि ड्रेस मन प-यो भने जतिसुकै महँगो भए पनि किनिहाल्छु । बजारमा नयाँ फेसन आयो भने पनि मलाई खबर आइहाल्छ । आफूलाई मन पर्ने ड्रेस किन्न कत्ति पनि लोभ लाग्दैन । विदेश गएका वेला त दह्रै सपिङ हुन्छ । महिनामा ३०–३५ हजार ड्रेसमा खर्च हुने गरेको छ ।

गाडी र मोबाइलमा ३० हजार

म कारमा हिँड्छु । त्यसको मेन्टिनेन्स, पेट्रोल आदिमा प्रतिमहिना २० देखि २५ हजार खर्च हुन्छ । मोबाइलमा सात–आठ हजार भए पुग्छ । डाटा पनि त्यसबाटै चलाउँछु । त्यसैले अलि खर्चिलो भएको हो । यो महिना मोबाइल बिग्रिएकाले मेरो थप ५० हजार खर्च भयो ।

ब्युटी पार्लरमा १५ हजार

म वेला–वेलामा ब्युटी पार्लर गइरहन्छु । मलाई हेयर स्टायलमा बढी रुचि छ । पार्लरमा महिनाको १५ हजारजति खर्च हुन्छ । सुटिङका वेला र सुटिङ नहुँदाको खर्चमा भने तलमाथि पर्छ । प्रायः आफन्त, साथीको बिहे, पास्नी, बर्थडे परिरहेको हुन्छ । पार्टीमा जाँदा गिफ्ट लग्नुप-यो, सोहीअनुसार तयार भएर जानुप-यो । त्यसमा पनि राम्रै पैसा खर्च हुने गरेको छ ।

खाजामा १५ हजार

खानपिनमा पनि राम्रै खर्च हुने गरेको छ । साथीहरूसँग कफी, खाजा खाइन्छ । रेस्टुरेन्ट नियमितजस्तै गइन्छ । त्यहाँको खर्च महिनामा १५ हजारजति हुन्छ । कतै घुम्न गइयो भने खर्च बढ्छ । तर, आफूले चाहेजसरी बाँच्न पुगिरहेको छ । नया पत्रिका दैनिकमा खबर छ ।

यो पनि पढ्नुस

अंगुरमा पौष्टिक तत्वले भरपुर हुन्छ । यसमा पोटासियम, कार्बोहाइड्रेट, प्रोटिन, भिटामिन ए, भिटामिन सी, क्याल्सियम, आइरन, भिटामिन बीसिक्स र म्याग्नेसियम प्रचुर मात्रामा पाइन्छन् । यदि तपाईंले एक महिनासम्म दैनिक अंगुरको सेवन गर्नुहुन्छ भने यसले तपाईंको शरिरलाई पुर्याउने फाइदाबाट तपाईं निकै सन्तुष्ट हुनुहुनेछ ।

१. तपाईंको मुटु स्वस्थ हुन्छः

अंगुरमा एन्टिअक्सिडेन्टको भरपुर मात्रा हुन्छ जसले मुटुसम्बन्धि रोग न्यूनिकरणमा सहयोग गर्छ । यसमा पाइने पोलिफेनोलले पनि मुटुलाई स्वस्थ राख्न सहयोग गर्छ ।
बोस्टन युनिभर्सिटी स्कूल अफ मेडिसिनले गरेको अनुसन्धानमा अंगुरमा पाइने पोलिफिनोलले एलडीएल (ब्याड कोलेस्ट्रोल) घटाउँछ, रक्तचाप कम गर्छ, शरिर सुन्निनेलगायतका समस्या कम गर्छ ।

२. तपाईंको पाचनक्रिया बलियो हुन्छः

अंगुरमा फाइबर हुन्छ जसले पाचनतन्त्रलाई बलियो बनाउँछ । अंगुरमा विशेषगरी इन्सोलुबल ( अघुलनशील) फाइबर हुन्छ । यसले पेटलाई सफा राख्न मद्दत गर्छ । कब्जियतको समस्या भएकालाई अघुलनशील फाइबर निकै फाइदाजनक हुन्छ । अंगुरमा हुने पानीले पनि पाचनक्रियामा सहयोग गर्छ ।

३. तपाईंलाई उर्जावान् राख्छः

अंगुरमा कार्बोहाइड्रेट हुन्छ विशेषगरी सेलुलोस । सेलुलोसलाई प्राकृतिक ‘इनर्जी बुस्टर’ भनिन्छ । एक गफ्फा अंगुर मुखमा हाल्नुहोस्, तपाईंले एकाएक उर्जावान् महसुस गर्नुहुन्छ । यसमा अत्यधिक फाइबर हुने भएकाले यो बिस्तारै पच्छ । यसैकारण तपाईंलाई लामो समयसम्म ऊर्जा दिने गर्छ ।

४. तपाईंको मृगौला स्वस्थ रहन्छः

अंगुरमा एन्थोसियानिन र रेस्पोराट्रोल नामको शक्तिशाली एन्टिअक्सिडेन्ट पाइन्छ । यसले मृगौलामा प्रवेश गर्न सक्ने हानिकारक तत्वलाई बाहिर निकाल्ने काम गर्न सक्छ । यी एन्टिअक्सिडेन्टले युरिक एसिडजस्ता बेकारका उत्पादनलाई बाहिर निकाल्ने काम गर्छ ।
नेशनल किड्नी फाउन्डेशनले मृगौलालाई स्वस्थ राख्न दैनिक १५ वटा अंगुर खानुपर्ने सल्लाह दिएको छ े ।

५. विभिन्न क्यान्सरबाट जोगाउँछः
पुनः त्यही शक्तिशाली एन्टिअक्सिडेन्टलाई श्रेय जान्छ । यसमा एन्टिक्यान्सर गुण पनि हुन्छ जसले स्तन क्यान्सरलगायतका विभिन्न क्यान्सरबाट जोगाउँछ । अंगुरमा पाइने रेस्भेराट्रोलजस्ता पोलिफेनोल्सले क्यान्सरबाट जोगाउँछ ।

६. सास फेर्न सहज बनाउँछः
सन् २००७ को एक अध्ययन अनुसार बदाम, काजुलगायतका विभिन्न नट्स र फलफूलमा विशेषगरी अंगुर खाने बच्चाहरुमा दमको लक्षण कम देखियो । अंगुरमा पाइने पानीको मात्राले यस्तो भएको हुनसक्छ ।

Related Articles

Back to top button
Close