समाचार

रुनुपरे पछि धुर्मुसले गरे कठोर निर्णय, चितवनमा तरंग

चितवनमा धुर्मुस सन्तली फाउण्डेसनले निर्माण गरिरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा स्थानियले डोजर चलाए पछि फाउण्डेसनले रंगशाला निर्माणको काम स्थगित गरेको छ । सुरक्षाको कारण देखाउँदै फाउण्डेसनले समस्याको स्थायी समाधान नभए सम्म रंगशाला निर्माणको कुनै काम अघि नबढ्न् घोषणा गरेको छ । स्थानिय नेकापा कार्यकर्ता प्रकाश कँडेलको नेतृत्वमा आएको समुहले हिजो बिहानै धुर्मुस सुन्तली फाउण्डेसनले निर्माण गरिरहेको रंगशालामा आएर डोजर चलाएको थियो । डोजर चलाउँने नाइके प्रकाश कँडेल सहित १६ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ । धुर्मुस सुन्तली फाउण्डेसनले एक विज्ञप्ती जारी गर्दै डर र त्रासका कारण काम गर्न नसक्ने अवस्था रहेका कारण हाललाई सम्पुर्ण काम रोकिएको जनाएको छ ।

हेर्नुहोस् फाउण्डेसनले जारी गरेको विज्ञप्ती

यो पनि पढ्नुहोस्
नयाँ तथ्य बाहिरियो धुर्मुसलाई रुवाउँने नाइके बादलको खास मान्छे, लाग्यो हतकडी
चितवनको रामपुरमा धुर्मुस सुन्तली फाउण्डेसनले निर्माण गरिरहेको गौतम बु्द्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माणस्थलमा लगाइएको जस्ताको बार भत्काउने मुख्य योजनाकार प्रकाश कँडेल गृहमन्त्री रामबहादुर थापा बादलको खास मान्छे भएको खुलेको छ । गृहमन्त्रीको धाक लगाउँदै हिड्ने कँडेलाई प्रहरीले पक्राउ गरेको छ ।

बादलको गृह जिल्ला चितवनमा प्रचण्ड र बादल विच अघोषित टसल रहेको जानकारहरु बताउँछन् । बादल र प्रचण्डको टसलको घानमा धुर्मुस सन्तली फाउण्डेसन परेको छ । गृहमन्त्रीको आडमा कँडेलले दादागिरी धन्दा मच्चाउँदै आएका थिए ।
प्रहरीले उनलाई गएराति पक्राउ गरेको चितवनका प्रहरी प्रमुख दानबहादुर मल्लले जानकारी दिए ।
कँडेललाई नियन्त्रणमा लिए पनि सोधपुछ बाँकी रहेको प्रहरी प्रमुख मल्लले बताए ।

सार्वजनिक सम्पतिमा नोक्सानी पुर्‍याएको तथा धम्क्याएको अभियोगमा कँडेलविरुद्ध मुद्दा चलाउन सकिने एसपी मल्लले बताए ।
कँडेलसँगै घटनामा संलग्न अन्य १६ जनालाई पनि प्रहरीले पक्रेको छ ।
रंगशाला निर्माणस्थलमा लगाइएको बार कँडेल नेतृत्वको समूहले बुधबार भत्काएका थिए । बार भत्काउने क्रममा उनीहरुले कर्मचारीहरुलाई समेत धम्क्याएको धुर्मस–सुन्तली फाउण्डेशनको भनाइ छ ।

कँडेल भरतपुर महानगरपालिका–१६ का नेकपाका स्थानीय नेता हुन् । उनी ठेक्कापट्टामा समेत संलग्न छन् । गृहमन्त्री रामबहादुर थापा बादलनिकट मानिने कँडेलमाथि प्रहरी प्रशासनलाई धम्क्याउने गरेको आरोपसमेत लाग्ने गरेको छ ।
छुट्योकी ?
चितवनमा धुर्मुसलाई रुवाउँने नाइके रेणु दाहालकै कार्यकर्ता !
चितवनमा रंगशाला बनाएर चितवनबासीको जीवनमा परिवर्तन ल्याउँने सोचेका धुर्मसलाई आज चितवनबासीकै कारण रुनु पर्ने दिन आएको छ । हरेक क्षेत्रमा राजनितिक फोहोरी खेल चलिरहँदा स्वच्छ मनले समाजसेवा जुटेका धुर्मुस आज त्यहि फोहोरी राजनितिक दाउपेचको सिकार भएका छन् । जेठको यतिसारो गर्मिमा दिनरात नभनी रंगशालमा निर्माण गरिरहेका उनले आज स्थानियको उपपद्रोका कारण पसिना बगाउँन जाँदा आँशु बगाउँनु पर्यो ।चितवनमा निर्माणाधीन गौतमबुद्ध अन्तर्रा्ष्ट्रिय क्रिकेट रंगशाला निर्माणस्थलमा लगाइएको बार केही स्थानीयले भत्काइदिएका छन् । आज ९बुधबार० विहान डोजरसहित आएका केही व्यक्तिले जस्तापाताले लगाएको बार भत्काइदिएका हुन् । बार भत्काउने क्रममा उनीहरुले धुर्मस–सुन्तली फाउण्डेशनका कर्मचारीहरुलाई धम्कीसमेत दिएका छन् ।

हास्य कलाकार सीताराम कट्टेल ९धुर्मुस० ले गरिब जनताले रगत–पसिना खर्चिएर बनाउन लागेको क्रिकेट रंगशालाको कम्पाउण्ड वाल स्थानीयले डोजर चलाएर क्षत विक्षत तुल्याइदिएको गुनासो गरेका छन् । नेकपाका स्थानीय तहका नेता प्रकाश कँडेलको नेतृत्वमा सय–सवा सयको संख्यामा आएको जत्थाले रंगशाला छेक्न ठड्याएको जस्तापाता क्षत विक्षत तुल्याउँदै कर्मचारीलाई धम्की दिएको धुर्मुसले जानकारी दिए ।

धुर्मुसका अनुसार आफ्नै आँगनअगाडि क्रिकेट रंगशाला बन्ने भएपछि स्थानीय उत्साहित थिए । र, धुर्मुस दम्पतीलाई घडा राखेर अबिरजात्रा गर्दै स्वागत गरेका थिए । तर, तिनै स्थानीय बुधबार एकाबिहानै डोजरसहित पर्खाल र तारजाली भत्काउन आएका देख्दा आफू मर्माहत भएको उनले बताए । “निर्माणाधीन क्रिकेट रंगशाला यस क्षेत्रको विकासका लागि कोषेढुंगा बन्दै थियो । रामपुरको मात्र नभइ समग्र चितवनको विकाको भरपर्दो आधार बन्दै थियो । यहाँका स्थानीयबासीले पनि त्यसको लाभ पाउँथे । तर, कुत्सित मनशाय बोकेकाहरूको उक्साहटमा लागे,” उनको दुःखेसो छ ।
स्थानीयका अनुसार प्रकाश कँडेल माओवादी पृष्ठभूमिका हुन् । र उनी विद्यार्थी राजनीति गर्थे । माओवादी विभाजन हुँदा वैद्य समूहमा लागेका उनी पछि रामबहादुर थापा वादलसँगै माओवादी केन्द्रमा फर्किएका थिए । र, अहिले उनी नेकपामै आवद्ध छन् । उनी नै घटनाको मुख्य योजनाकार भएको भन्दै प्रहरीले खोजी तीव्र पारेको छ । ‘रेणु दाहाललाई मेयर बनाउने मै हुँ । मैले भनेको नमान्ने १’ भन्दै उनले धाक–धम्कीसमेत दिएको स्थानीय बताउँछन् ।

धुर्मुसका अनुसार विश्वविद्यालयसँग साँध जोडिएका जग्गाधनीहरूले बाटो फराकिलो पार्नुपर्ने माग राखेका थिए । निर्माणाधीन क्रिकेट रंगशालाको पश्चिमतर्फबाट अहिले पनि सडक गएको छ । रंगशाला बन्ने भएपछि स्थानीयले ७ मिटरको उक्त मोटरबाटो बढाएर २१ मिटर चौडा बनाउनुपर्ने माग राख्दै आएका थिए ।धुर्मुसका अनुसार उनले स्थानीय अगुवासँग यस विषयमा पटकपटक कुरा गरेका छन् । चार दिनअघिमात्रै पनि जग्गाकै विषयमा लामो कुराकानी भएको थियो ।

धुर्मुसले उक्तबाटोमा मालवाहक गाडी पनि नगुड्ने र रामपुर जोड्ने बाटो भएकाले १० मिटर फराकिलो भए पुग्ने तर्क गरेका थिए । त्यसका लागि आवश्यक जग्गा छाड्न तयार भएका थिए । र, चारदिनको समयसीमा दिएका थिए ।

तर, स्थानीय आफ्नोतर्फ एक इन्च जग्गा छाड्न राजी भएका थिएनन् । रंगशालाका लागि छुट्टयाएको जग्गा नै बाटोका लागि दिनुपर्ने उनीहरूको माग थियो । “उनीहरू चारदिनसम्म मौन थिए । आज बिहान डोजरसहित आएर धमाधम भत्काउन थाले । म मुकदर्शक बनेर हेरिरहेँ,” धुर्मुस दुःख पोख्छन् ।

अराजक भिडले डोजर लगाएपछि धुर्मुसले यसो भने
एकदमै दुखद घटना घटेको छ। एकाविहानै स्थानीयहरु र केहि अराजक भीडको अगुवाइमा यो काम भयो। आफ्नै आँखा अगाडि जुन घटना घट्यो । यो भन्दा कारणीय दृष्य सायद मैले जीवनमा देखेको थिइन होला।

हुन त यो भन्दा अघि बस्ती बनाउन पनि धेरै दुख, धेरै प्रेसर धेरै धाक धम्की सहेका थियौं। सबै चिँज त्यागेर राष्ट्रका लागि केहि गर्नु पर्छ भनेर लागि रहदा यस्तो भयो। जहाँ जुन ठाँउबाट हामीले बनाउँदै छौं त्यहि ठाँउमा कुनै ठुलो इस्यू छैन। बाटो सुचारु भइरहेको पनि छैन। यो बाटो हामीलाई प्राप्त भएको सम्म मात्रै छ। हामीले पटक पटक छलफल गरेका छौं। तीन तिर हामीले कम्पाउन्ड घेरिसकेका थियो। हामीलाई दिइएको क्षेत्रफलबाटै बाटो दिइनु पर्ने भन्ने थियो। हामीले डिपीआर आइसकेपछि कति स्पेश छोड्ने सल्लाह गरौला भनेका थियौं। हामी छाड्न तयार छौं भनेका थियौ।

हामीले रंगशालालाई पनि बाटो चाहिन्छ भनेर पटक पटक भनिरहेका छौं। हामीले हिजो मात्र बार लगाएका हौं। हामीले सबै स्थानीयलाई अवगत पनि गराएका थियौं। तर एकाविहानै डेढ २ सय मान्छे जम्मा भएर डोजर लगाएर पेल्ने काम भयो।

विदेशमा बस्ने नेपाली जसले हामीलाई यति सद्भावका साथ सहयोग गर्नु परेको छ। उहाँहरुको पसिनामाथि डोजर चलाइएको छ। देशका लागि केहि गर्ने भनेर अठोटका साथ हामी आएका थियौं। हाम्रो मात्र होइन यो देशको सपना हो। यहाँ सबै मानिस खराब निस्के। यहाँ सत्कर्म गर्नु पर्छ सोच लिएर हिड्नु पर्छ । देशका लागि काम गर्नु पर्छ भन्ने मानिस विरलै पाइयो।

जसको दायित्व थियो त्यसले पूरा नगरेको अवस्थामा हामीले नागरिकको तर्फबाट एकजुट भएर विकासको चिँज गरौं, देशको आवश्यकताको चिज हो। खेलाडी हाम्रै सन्तान हुन्। उहाँहरुको लागि एउटा अन्तर्राष्ट्रिय रंगशाला बनाउन बनेर लागिरहदा। यहि स्थानीयको खुसी यहाँ जोडिएको थियो।

उहाँहरुलाई बाटो इस्यू चर्काउनु थिएन। बाटो दिनै भनेको थियौं। तर राजनीतिक आडमा नियोजित हिसाबमा आएर प्रहार गर्ने काम भयो। एउटा बाटोको कुरा मात्र होइन पटक पटक धाक धम्की दिने काम भएको छ। हाम्रो कर्मचारी धर्काउने काम भएको छ। यति प्रतिशत कमिसन चाहियो भन्ने यति काम गर्ने मान्छे हाम्रो हाल्नु पर्यो भन्ने। हाम्रो मेसिन चल्नु पर्यो। हामीलाई प्राथमिकता किन छैन भन्ने भयो। हामीलाई नसोधी कसरी बनाउदा रहेछौं भन्ने धम्की पटक पटक भइरहेका थिए।

हामी सहनसिल छौं। हामी नकारात्मक कुरा बाहिर नजाओस भनेर पटकपटक उहाँहरुलाई सम्झाइरहेका हुन्थ्यौं। सम्झाउदा पनि जुन प्रहार भएको छ। अन्त्यतै दुखद् प्रहार भएको छ। न हामी हाम्रा लागि हिँडेका हौं। न हामी आफ्नो स्वार्थका लागि हिडेका हौं। आफ्नो पेशा घर परिवार सब चिज त्यागेर सिंगो देश र देशवासीको खुसीका लागि हिडिरहदा जुन प्रकारले प्रहार भएको छ।यो खबर otvnepal बाट साभार गरिएको हो।

Related Articles

Back to top button
Close