भिडियो

२२ महिने बच्चाको हत्या ! श्रीमान् माथि शंका ,हेर्नुहोस (भिडियो)

भोजपुर : भोजपुर सदरमुकाममै एक महिलाले आफ्नै नाबालक छोराको अस्त मात्रै विभत्स हत्या गरेकी छन् । भोजपुर नगरपालिका- ९, पानीट्याङ्कीमा भाडामा बस्दै आएकी सम्झना थापाले धारिलो खुकुरी प्रहार गरी २२ महिने छोराको हत्या गरेकी हुन् ।

मंगलबार बिहान करिब साढे ७ बजेतिर कोठामै रामप्रसाद राई गाउँपालिका- ७ बासीखोरा घर भएका सूर्यबहादुर थापाकी श्रीमती २५ वर्षीया सम्झनाले छोरालाई अचानोमा राखी दुई टुक्रा बनाएको जिल्ला प्रहरी कार्यालय भोजपुरका डिएसपी केशव कुमार थेबेले जानकारी दिएका थिए ।

उनी पानीट्याङ्कीस्थित जेठा भिनाजु रमन राईको घरको माथिल्लो तल्लामा छोरा र श्रीमानसँग बस्दै आएको प्रहरीले जनाएको छ । हत्या गर्ने सम्झनाको केही महिनादेखि मानसिक सन्तुलन ठिक नभएको स्थानीयले बताएका छन् । घटनापछि उनलाई प्रहरीले नियन्त्रणमा लिइ अनुसन्धान सुरु गरेको छ। मृतक बालकको शव पोष्मार्टमका लागि जिल्ला अस्पताल भोजपुरमा ल्याइएको प्रहरीले जनाएको छ ।
भिडियो:

Related Articles

Back to top button
Close