भिडियो

११ बर्षे आमा भावनाको छोरीलाई टन्नै उपहार लिएर भेट्न गए- शिशिर भण्डारी । सानैमा बच्चा नजन्माउनुस भन्दै भावुक बने (भिडियो हेर्नुस)

काठमाडौं- बर्दियाको गेरुवा गाउँपालिका ४ की भावना बस्नेत १२ वर्ष नपुग्दै सुत्केरी भइन् । ०६३ चैत १३ मा जन्मिएकी भावनाले ०७५ फागुन ७ गते माइतीकै छाप्रोमा छोरीलाई जन्माएकी हुन् । स्वास्थ्य संस्थामा समेत नपुगी उनी आमा बनेकी हुन् । आमा बन्दा उनको उमेर ११ वर्ष १० महिना २४ दिन मात्रै भएको थियो ।

गर्भ रहेको ९ महिनामा घरमै सुत्केरी भएकी भावना र उनकी छोरी पूर्णिमाको अवस्था सामान्य रहे पनि उमेरका कारण दुवैको स्वास्थ्य जोखिमपूर्ण अवस्थामा थियो । भावनाको शरीर सुन्निएर ज्वरो आएको थियो । गाउँकै सरस्वती आधारभूत विद्यालयको कक्षा ७ मा अध्यनरत १४ वर्षीय नन्दबहादुर रावतसँगको बालविवाहले भावनालाई कष्टपूर्ण अवस्थामा पु¥याएको थियो तर कमल बिनायक खरिपाटीकी सुस्मिता कार्की उनीहरुको जीवनमा भगवान बनेर आईन् । नन्द, भावना र उनीहरुको छोरी पुर्णिमालाई लिएर सुस्मिता काठमाडौंमा आईन् । उनीहरुको सम्पुर्ण जिम्मा लिदै सुस्मिता महान नारी बनिन् ।

यसैबिच केहि सहयोग रकम र नव शिशु पुर्णिमाका लागि उपहार लिएर शिशिर भण्डारी सुस्मिताको घरमा पुगे । त्यहाँ पुगेर शिशिरले भने-भावना र नन्दको घटनाले सबैले सकारात्मक सन्देश लिन सकुन् । समाजमा अशिक्षाका कारणले यस्ता घटनाहरु अब नघटुन् । आफ्नो छोराछोरीलाई उचित रेखदेख गरी सक्षम भएपछि र उमेर पुगेपछि बिवाह गर्नुपर्छ र सन्तान उत्पादन गर्नुपर्छ भन्ने शिक्षा दिन सबै बाबुआमा सफल हुन् । यो भिडियोबाट हामी त्यहि सन्देश छर्न चाहन्छौं । सबैले शेयर गरेर साथ दिनुहोला । भिडियो हेर्नुस-

Related Articles

Back to top button