भिडियो

केटीको विषयले पुल्चोकमा भयो ग्याङ फाइट, एक युवकको मृत्यु, ६ जना पक्राउ (लाइभ भिडियो)

ललितपुरको पुल्चोकमा केटीको विषयलाई लिएर युवाहरुको दुई समूहबीच ग्याङ फाइट हुँदा एक जनाको मृत्यु भएको छ । ललितपुर महानगरपालिका–३ पुल्चोकस्थित सुमेरु अस्पताल नजिक शुक्रबार साँझ भएको ग्याङ फाइटमा २० वर्षका अन्सल शाक्यको मृत्यु भएको छ ।

भिडियो

घटनामा संलग्न भएको आरोपमा कृष्ण तामाङसहित ६ जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।झडपमा घाइते भएका शाक्यलाई ६ः४५ बजे सुमेरु सिटी अस्पताल पुर्याइएको थियो । तर, ७ बजे चिकित्सकले मृत घोषित गरेका छन् ।

उनको टाउको, छाति लगायतका स्थानमा धारिलो हतियार प्रहार गर्दा गम्भीर चोट लागेको थियो ।प्रहरीका अनुसार दुई समूहबीच केटीको निहुँमा झडप भएको थियो । पक्राउ परेका ६ जनामाथि अनुसन्धान थालिएको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।

Related Articles

Back to top button
Close