समाचार

पढाइ चलिरहँदा कक्षाकोठामै लाजमर्दो काम गर्दागर्दै भेटीए ९ कक्षाका २ छात्रा

कक्षाकोठामै लाजमर्दो काम गरेको अभियोगमा एक सरकारी विद्यालयले आफ्ना २ छात्रालाई स्कुलबाटै निकालिदिएको छ । उनीहरुले कक्षामा पढाइ चलिरहेका बेला पछाडि बसेर निकै घृणित काम गरिरहेका थिए ।

यो पनि हेर्नुहोस
उनीहरुको हर्कतबारे कक्षाकै एक विद्यार्थीले शिक्षकलाई बताएपनि उनीहरुलाई शिक्षकले रंगेहात समातेका हुन् । यी दुवै छात्राहरु ९ कक्षामा पढ्ने भएको बताइएको छ । घटना आन्ध्र प्रदेशको हो । यी दुई छात्राले कक्षाको अन्तिम बेचमा बसेर कोल्ड ड्रिंकमा रक्सी मिसाएर पिउँदै थिए । पक्राउ परेपछि उनीहरुले आफ्ना पिताका कारण आफूहरुलाई रक्सी पिउने लत लागेको बताएका छन् ।

निदामनुरुको एक सरकारी स्कुलमा ९ कक्षामा पढ्ने यी दुई छात्राको स्कुलका प्रधानाध्यापक सुरेश कुमारका अनुसार उनीहरुले बियरको बोतल स्कुल ब्यागमा लुकाएर ल्याएका थिए ।

कक्षाका अरु विद्यार्थीहरुलाई शंका नहोस् भन्नको लागि उनीहरुले सफ्ट ड्रिंकमा बियर मिसाएर कक्षामै पिउन थालेका थिए । कक्षाका विद्यार्थीहरुले सोध्दा उनीहरुले साथीहरुलाई कुरामा भुलाएका थिए तर एक विद्यार्थीलाई रक्सीको शंका लागेपछि उनले शिक्षकलाई भनिदिए । शिक्षकले जब उनीहरुको स्कुल ब्याग चेक गरे भित्रबाट बियरका खाली केन निस्किए ।

त्यसपछि उनीहरुका अभिभावकलाई खबर गरियो र उनीहरुलाई कारवाही गरियो । दुवै छात्रालाई स्कुलबाट निकालिएको छ । उनीहरुको क्रियाकलापले अन्य बालबालिकामा गलत असर परेको भन्दै उनीहरुलाई निकालिएको हो ।

यी दुवै छात्राका पिता रक्सीको लत भएका भएको बताइएको छ । पिताकै रक्सी चाखेपछि उनीहरुले रक्सी पिउन सिकेको बताएका छन् । यी दुई छात्रालाई यसरी समातिएको पहिलो घटना भने होइन । उनीहरुलाई यसअघि पनि यसैगरी रक्सी पिइरहेको अवस्थामा रंगेहात समातिएको थियो ।

Related Articles

Back to top button