समाचार

वैशाख २९ गते सार्वजनिक विदा दिने सरकारी निर्णय

स्थानीय सरकारले आफुलाई आवश्यक पर्ने विदा आफैले दिन थालेका छन् । ललितपुरको महालक्ष्मी नगरपालिकाले वैशाख २९ गते सार्वजनिक बिदा दिने भएको छ ।

नगरपालिकाको वैशाख २३ गते बसेको कार्यपालिकाको बैठकले विदा दिने निर्णय गरेको हो । नगरपालिकाले आज सुचना प्रकाशित गरि महालक्ष्मी मन्दिरको नामाकरणबाट नगरपालिकाको नामाकरण गरिएको र जात्रासँग स्थानीय जनताको भावना जोडिएको र

सांस्कृतिक पर्व भएकोले भव्यताका साथ मनाउने परम्परा रहि आएकोले नगरपालिकाका क्षेत्रभित्रका सम्पूर्ण कार्यालय, विद्यालय, संघ, संस्था आदिमा हरेक वर्षमा १ पटक अक्षय तृतीया पश्चातको अष्टमीमा (सरकारी पुजा गरिने दिन) सार्वजनि विदा दिने निर्णय गरेकोले २०७६ सालको हकमा यहि बैशाख २९ गते (आइतबार)अष्टमीका दिन सार्वजनिक विदा हुने भएको छ ।

Related Articles

Back to top button