समाचार

अभिनेता अनमोल केसिको आज जन्मदिन, कति वर्ष लागे उनी ?

अहिलेका स्टार नायक अनमोल केसीको आज जन्मदिन परेको छ । चलचित्र ‘होस्टेल’बाट नेपाली रजतपटमा भित्रिएका सदाबहार नायक भुवन केसी र नायिका सुस्मिता केसीका पुत्र अनमोल केसीको जन्म सन् १९९४ साल मार्च ३० गते बिहान ११ : ३० बजे ओम नर्सिङ्ग होम काठमाडौमा भएको थियो ।

सदाबहार अभिनेता भुबन केसी र सुस्मिता केसीका एक्ला छोरा अनमोल आज लाखौ युवा युवतीको मनमा बस्न सफल भएका छन् । नायक अनमोल केसी आज बाट २६ बर्ष पुरा भएर २७ बर्षमा लागेका छन् ।

साथी म तिमो’को एउटा गीतबाट नेपाली चलचित्रमा डेब्यू गरेका अनमोलले होस्टल, जेरी, ड्रिम्स, गाजलु, ‘कृ’, क्याप्टेन जस्ता सफल चलचित्रमा अभिनय गरिसकेका छन् । यता पछिल्लो समय उनी अभिनित “ए मेरो हजुर ३” सुपरहिट फिल्मको दर्जामा पुग्यो भने हाल उनी “ए मेरो हजुर ४” को छायांकनमा ब्यस्त छन् । कोरोनाको त्रासका कारण यतिबेला सो फिल्मको छायांकन पोस्ट्पोण्ड गरिएको छ । यता केही समय अघि मात्र उनिमाथी ठगिको आरोप समेत लागेको थियो ।

Related Articles

Back to top button
Close