समाचार

१४ दिनसम्म लकडाउन थप्न उच्चस्तरीय समितिको सिफारिस

काठमाडौं – कोरोना रोकथाम तथा नियन्त्रणका लागि गठित उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको विशेष समितिले लकडाउनको समय थप गर्ने निर्णय गरेको छ ।

आइतबार बसेको बैठकले जारी लकडाउनलाई बढाउने निर्णय गरेको हो । समितिले लकडाउन ७ देखि बढीमा १४ दिन थप गर्ने प्रस्ताव मन्त्रिपरिद् बैठकमा पठाएको छ ।

उच्चस्तरीय बैठकमा लकडाउनको आज छैटौ दिनसम्मको समीक्षा, कोरोना भाइरसको संक्रमण फैलन नदिन सरकारका तर्फबाट भईरहेका प्रयास, खाद्यान्न, इन्धन, तरकारी लगायत दैनिक उपभोग्य सामग्रीहरु सर्वसाधारणमा पुर्याउने सम्बन्धमा गरिने व्यबस्थालगायतका विषयमा छलफल भएको थियो ।

आजै अपराह्न ४ बजे बस्ने मन्त्रिपरिषद् बैठकले यसबारे आवश्यक निर्णय गर्ने छ ।नेपालमा दोस्रो व्यक्तिमा कोरोनाको संक्रमण देखिएपछि चैत्र ११ गते विहान ६ बजेदेखि लागु हुनेगरी चैत्र १८ गते विहान ६ बजेसम्म लकडाउन गर्ने निर्णय भएको थियो ।

संक्रमण फैलन नदिनका लागि लकडाउनलाई उपयुक्त विकल्प मानिएको छ । छिमेकी मुलुक भारतमा समेत २१ दिन लामो लक डाउनको घोषणा केही दिन अघि गरिएको थियो ।

Related Articles

Back to top button
Close