समाचार

अभिनेता अक्षयकुमारले कोरोना कोषलाई २५ करोड दिने

काठमाडौं – बलिउडका चर्चित अभिनेता अक्षयकुमारले भारत सरकारलाई आर्थिक सहयोग गरेका छन् । उनले सामाजिक सञ्जाल ट्विटरमार्फत कोरोनाभाइरसविरुद्द लड्न २५ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेका हुन् । भारतिय मिडियाका अनुसार अभिनेता अक्षयले एक स्टाटस लेखि आफुले भारत सरकारले सञ्चालन गरेको कोरोना कोषमा २५ करोड रुपैयाँ दिने बताएका छन् ।

कोरोनाविरुद्द लड्न भारत सरकारले सञ्चालन गरेको कोरोना कोषमा बलिउडका कलाकारलगायत विभिन्न व्यक्तिले सहयोग गरिरहेका छन् । चीनबाट फैलिन शुरु गरेको कोरोनाभाइरसका कारण हालसम्म भारतमा २० जनाको मृत्यु भइसकेको छ । भारतमा कोरोनाको संक्रमण रोकथाम र नियन्त्रण गर्न अहिले लकडाउन गरिएको छ ।

Related Articles

Back to top button
Close