कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३० हजार नाघ्यो : एकदै दिन ३५ सयको मृत्यु, कुन देशमा कति? {सूचीहसित}
काठमाडौं, १६ चैत । विश्वमा कोरोना भाइरस अर्थात् कोभिड-१९ को संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३० हजार नाघेको छ । विभिन्न तथ्याङ्क निकाल्ने संस्था वर्ल्डो मिटर्स डट इन्फोका अनुसार यो समाचार तयार पारिसक्दासम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ३० हजार ८५५ पुगेको छ ।
अहिलेसम्म विश्वभर ६ लाख ६३ हजार १६८ जना कोरोनाबाट संक्रमित भएका छन् । सङ्क्रमितमध्ये १ लाख ४१ हजार ९५३ उपचारपछि घर फर्किएका छन् । अहिले ४ लाख ९० हजार ३६० जनामा कोरोना भाइरस सक्रिय देखिएको छ । तीमध्ये २५ हजार २१० जना भने गम्भीर अवस्थामा छन् ।
कोरोनाको उद्गम स्थल चीन भए तापनि कोरोना संक्रमणबाट सबैभन्दा बढी मृत्यु हुनेमा इटाली र त्यसपछि स्पेन पर्छ । वर्ल्डो मिटर्स डट इन्फोका अनुसार इटालीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार २३ पुगेको छ । चीनमा भने ३ हजार ३ जनाले कोरोना कोरोनाका कारण ज्यान गुमाएका छन् ।
इटालीमा पछिल्लो २४ घण्टामा मात्रै ८८९ जनाको मृत्यु भएको छ भने ५ हजार ९७४ जना नयाँ संक्रमित भेटिएका छन् । अहिलेसम्म इटालीमा ९२ हजार ४७२ जनामा कोरोनाको संक्रमण भएको छ । तीमध्ये १२ हजार ३८४ जना पूर्ण रुपमा निको भएका छन् । ७० हजार ६५ जनामा कोरोनाको सक्रिय संक्रमण रहेको छ । संक्रमितमध्ये ३ हजार ८५६ अवस्था गम्भीर रहेको छ ।
चीनमा अहिलेसम्म कुल ८१ हजार ४३९ जनामा कोरोनाको संक्रमण देखिए पनि अहिले २ हजार ६९१ जनामा मात्रै कोरोनाको संक्रमण छ । ७५ हजार ४४८ भने पूर्ण रुपमा निको भइसकेको वर्ल्डो मिटर्स डट इन्फोले जनाएको छ ।
स्पेनमा अहिलेसम्म ५ हजार ९८२ जनाको ज्यान गइसकेको छ । पछिल्लो २४ घण्टामा मात्रै स्पेनमा ८४४ जनाको ज्यान गएको वर्ल्डो मिटर्स डट इन्फोले जनाएको छ ।
स्पेनमा अहिलेसम्म ७३ हजार २३५ जनामा संक्रमित भएको छन् । तीमध्ये १२ हजार २८५ जना भने पूर्ण रुपमा निको भएका छन् । अहिले इटालीमा ५४ हजार ९६८ जनामा कोरोना संक्रिया रहेको छ । तीमध्ये ४ हजार १६५ जनाको अवस्था गम्भीर रहेको छ ।
वर्ल्डो मिटर्स डट इन्फोका अनुसार अमेरिकामा अहिलेसम्म २ हजार २२१ जनाको मृत्यु भएको छ भने संक्रमित हुनेको संख्या १ लाख २३ हजार ४२८ पुगेको छ । पछिल्लो २४ घण्टामै अमेरिकामा ५१५ जनाको मृत्यु भएको छ भने १९ हजार ३०२ जना नयााँ संक्रमित थपिएका छन् ।
एकदै दिन ३५ सय बढीको मृत्यु
वर्ल्डो मिटर्स डट इन्फोका अनुसार पछिल्लो २४ घण्टामा मात्रै ३ हजार ५०८ जनाको मृत्यु भएको छ । पछिल्लाे २८ घण्टामा सबैभन्दा बढी इटालीमा ८८९ मृत्यु भएकाे छ । त्यसपछि स्पने ८८४, अमेरिकामा ५१५, जर्मनीमा ८२, फ्रान्स ३१९, इरानमा १३९, बेलायतमा २६०, स्वीजरल्याण्मा ३३, नेदरल्याण्डमा ९३, दक्षिण काेरियामा ५, बेल्जियममा ६४, अष्ट्रलियामा १० र टर्कीमा १६ जनाकाे मृत्यु भएकाे छ ।
अरू कुन देशका कित मेरे ?
–जर्मनी
मृत्यु हुने : ४३३
कुल संक्रमित : ५७, ६९५
निकाे हुने : ८, ४८१
गम्भीर अवस्था : १,५८१
–फ्रान्स
मृत्यु हुने : २,३१४
कुल संक्रमित : ३७,५७५
निकाे हुने : ५,७००
गम्भीर अवस्था : ४,२७३
–इरान
मृत्यु हुने : २,५१७
कुल संक्रमित : ३५,४०८
निकाे हुने : ११,६७९
गम्भीर अवस्था : ३,२०६
– बेलाय
मृत्यु हुने : १,०१९
कुल संक्रमित : १७,०८९
निकाे हुने : १३५
गम्भीर अवस्था : १६३
-स्वीजरल्याण्ड
मृत्यु हुने : २६४
कुल संक्रमित : १४,०७६
निकाे हुने : १,५३०
गम्भीर अवस्था : ३०१
-नेदरल्याण्ड
मृत्यु हुने : ९३९
कुल संक्रमित : ९,७६२
निकाे हुने : ३
गम्भीर अवस्था : ९१४
-दक्षिण काेरिया
मृत्यु हुने : १४४
कुल संक्रमित : ९,४७८
निकाे हुने : ४,८११
गम्भीर अवस्था : ५९
-बेल्जियम
मृत्यु हुने : ३५३
कुल संक्रमित : ९,१३४
निकाे हुने : १,०६३
गम्भीर अवस्था : ७८९
-अष्ट्रलिय
मृत्यु हुने : ६८
कुल संक्रमित : ८,२७१
निकाे हुने : २२५
गम्भीर अवस्था : १३५
-टर्की
मृत्यु हुने : १०८
कुल संक्रमित : ७,४०२
निकाे हुने : ७०
गम्भीर अवस्था : ४४५