समाचार

नेपाल एयरलाइन्सको विमान दुर्घटना

काठमाडौं – नेपाल एयरलाइन्सको विमान दुर्घटना भएको छ । काठमाडौंबाट नेपालगञ्ज एयरपोर्ट पुगेको विमान अवतरणका क्रममा दुर्घटना भएको हो ।

नेपालगञ्ज एयरपोर्टमा अवतरणका क्रममा चिप्लिएर झाडीमा पुगेको छ । मानवीय क्षति नभएको प्रहरीले जनाएको छ । दुर्घटना भएको प्रहरी प्रक्ता एसएसपी उत्तमराज जोशीले पुष्टि गरेका छन् ।

विमानस्थलमै रहेका सुरक्षाकर्मीका अनुसार, ल्याण्ड गर्ने क्रममा विमान चिप्लिएर दुई सय मिटर जति झाडीमा पुगेको छ । विमान चिप्लिँदै गर्दा ठूलो आवाज समेत आएको थियो । दुर्घटनाको कारण खुल्न सकेको छैन ।

विमानमा रहेका तीनजना चालक दलका सदस्य छन् भने दुई जना चिकित्सक छन् । उनीहरु सकुशल छन् । विमानमा भने क्षति पुगेको छ ।

Related Articles

Back to top button
Close