समाचार

अमेरिकामा एकैदिन ४ सय जनाको मृत्यु, एक लाख नाघे संक्रमित

काठमान्डौ , अमेरिकामा कोरोना भाइरस संक्रमितको संख्या १ लाख नाघेको छ । विगत २४ घण्टामामात्र झण्डै १५ हजार कोरोना संक्रमणका नयाँ बिरामी पुष्टी भएका छन ।अमेरिकामा शुक्रबार एकैदिन कोरोना भाइरसको संक्रमणबाट ४ सय जनाको मृत्यु भएको छ । न्युयोर्क सिटीको पनि क्वीन्समा कोरोना संक्रमित बिरामी सबैभन्दा धेरै रहेका छन् । यो समाचार तयार पार्दासम्म वर्ल्ड ओमिटरकाअनुसार अमेरिकामा ४ हजार जनामा कोरोना संक्रमण पुष्टी भएको छ । मृतकको संख्या १ हजार ६९५ पुगेको छ ।

संक्रमित संख्यामा अमेरिकाले इटली र चीनलाई हिजै उछिनेको हो । हिजोदेखि नै सबैभन्दा बढी कोरोना संक्रमित हुनेमा अमेरिका पहिलो नम्बरमा रहेको छ । अमेरिकाको पनि न्युयोर्क राज्य कोरोनाको नयाँ इपिसेन्टर बनेको छ ।न्युयोर्कमा मात्र संक्रमितको संख्या झण्डै ४५ हजार पुगेको छ । न्युजर्सीमा पनि संक्रमितको संख्या ८ हजार ८ सय २५ पुगेको छ । कनेक्टिकटमा १२९१ मा संक्रमण पुष्टी भएको छ ।अमेरिकाले कोभिड–१९को असर अर्थतन्त्रमा न्यूनीकरण गर्न २० खर्ब अमेरिकी डलरको आर्थिक प्रोत्साहन प्याकेज ल्याइएको छ ।

Related Articles

Back to top button
Close