समाचार

फ्रान्सबाट फर्किएकी कोरोना संक्रमित युवती भईन डिस्चार्ज

काठमाडाैं– फ्रान्सबाट फर्किएकी कोरोना भाइरस (कोभिड-१९) बाट संक्रमित १९ वर्षीया नेपाली युवती निको भएर डिस्चार्ज भएकी छन्। ती युवतीलाई कोरोनाको संक्रमण भएको पुष्टि गत सोमबार गरिएको थियो। टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचारार्थ रहेकी उनी पूर्ण रुपमा निको भएर बिहीबार बिहान ११ बजेर ४२ मिनेटमा डिस्चार्ज भएकी हुन्

दोस्रो परीक्षणमा नतिजा नेगेटिभ देखिएपछि उनलाई डिस्चार्ज गरिएको हो। तर, १४ दिन निगरानीमा राख्ने गरिएकाले उनी चुनदेवीस्थित आफ्नै घरमा ‘सेल्फ क्वारेन्टाइन’ मा छिन्

केहिदिन अघि फ्रान्सबाट नेपाल फर्केकी ति युवतीमा कोरोना फेला परेको थियो । स्वास्थ्य तथा जनसँख्या मन्त्रालयले काठ्माण्डौंमा पत्रकार भेट आयोजना गरी गत चार गते कतार हुँदै देश फर्केकी ती १९ बर्षीय युवतीको उपचार शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भइरहेको जानकारी दिएको थियो ।

स्वदेश फर्के पछि ती युवती होम क्वारेन्टीनमा बस्दै आएको मन्त्रालयले जनाएको थियो । स्वास्थ्य तथा जनसँख्यामन्त्री भानुभक्त ढकालले कोरोना सँक्रमित युवतीको परिवारलाइ क्वारेनटीनमा राखीएको बताउनुभएकोछबताएका थिए । यसै गरि ती युवतीले यात्रा गरेको हवाइजहाजका अन्य यात्रुहरुको खोजी शुरु गरिएको र उनीहरुलाइ पनि क्वारेन्टीनमा राख्ने तयारी भैरहेको उनले बताए ।

फ्रान्सबाट दोहासम्म भियतनामी साथीसँगै आएकी ती युवती कतार एअरवेजबाट नेपाल आएकी थिईन । काठमाडौं घर भएकीती युवती विमानस्थलबाट सोझै घर संक्रमित देशबाट आएकोले ‘सेल्फ क्वारेन्टाइन’ मा बसेको बताइएको छ ।

Related Articles

Back to top button
Close