भिडियो

चलचित्र पाेई पर्याे काले युट्यूवमा सार्वजनिक ( हेर्नुस पुरा फिल्म )

नेपाली फिल्म ‘पोइ र्पयो काले’को युट्यूवमा सार्वजनिक भएको छ । शिशिर राणाको लेखन तथा निर्देशन रहेको फिल्मको शिव ढकालले छायांकन गरेका छन् ।

त्यस्तै सुवाष भुषाल र पुरुषोत्तम न्यौपानेको संगीत रहेको फिल्मको कविराज गहतराज, रामजी लामिछाने र रविन शाहले कोरियोग्राफी गरेका छन् ।

दिपक मनाङ्गे र सरोज नेपालीकोे लगानी रहेका फिल्मलाई प्रकाश किम्भेले सम्पादन गरेका छन् । त्यस्तै फिल्ममा करण नेपाली र रघु परियार कार्यकारी निर्माताको रुपमा रहेका छन् ।

फिल्ममा सौगात ,पूजा ,आकाश ,श्रृष्टी,राजारामसँगै सोहित मानन्धर, विन्दा खतिवडा, जयनन्द लामा लगायतका थुप्रै कलाकारले अभिनय गरेका छन् । यो फिल्म कात्तिक ८ गतेबाट रिलिज भएको थियो । लकडाउनकाे समयमा हालेकाे हुनाले फिल्मले राम्राे दर्शक पाईरहेकाे छ । बूढासुव्वा डिजिटलकाे आधिकारिक च्यानलमा रिलिज भएकाे फिल्मले राम्राे प्रतिक्रिया पाईरहेकाे छ ।

पुरा फिल्म यहाँबाट हेर्नुहाेस

Related Articles

Back to top button
Close