समाचार

यूएईमा एक नेपाली मृत फेला

यूएईः संयुक्त अरब इमिरेट्स (यूएई) को आबुधाबीमा कार्यरत एक नेपाली युवक कोठामै मृत फेला परेका छन् ।

आबुधावीमा रहेको बेभ्रेली हिल्स मेडिकल सेण्टरमा कार्यरत नुवाकोट बेलकोटगढी–१२ का हरिशरण डोटेल गत आइतबार आफ्नै कोठामा झुण्डिएको अवस्थामा मृत फेला परेका हुन् ।

उनको मृत्युबारे गएको सोमबार दूतावासमा जानकारी आएपछि दूतावासले कम्पनीमा सम्पर्क गरेको थियो । कम्पनीको निवास छोडेर बाहिर बस्दै आएका हरिशरण काममा लगातार दुई दिनसम्म नआएको भन्दै कम्पनीले खोजी गरिरहेको जनाएको थियो ।

दूतावासका अनुसार कोठामा झुन्डिएर आत्महत्या गरेको भन्दै सँगै बस्दै आएकी नुवाकोटकै एक महिला र अन्य दुई पुरुष दूतावासमा पुगेका थिए । मृत्यु शंकास्पद भएको परिवारको दावी छ ।

Related Articles

Back to top button
Close