समाचार

लक डाउन २१ दिनसम्म लम्बाउने सरकारको तयारी

काठमाडौं– सकारले एक हप्ताको लकडाउनलाई लम्बाएर २१ दिनसम्म पुराउने तयारी गरेको छ। पर्यटन मन्त्री योगेश भट्टराईका अनुसार एकसाताको लकडाउनले नपुग्ने भन्दै सरकारले २१ दिनसम्म लम्बाउने सक्ने छ। मन्त्री भट्टराईले लकडाउनलाई जनताले पूर्णरुपमा पालना नगरे ठूलो जोखिम हुने भन्दै एकसाताको लकडाउनले नपुग्ने भएकाले २१ दिनसम्मको लकडाउन सहने गरि बस्नुपर्ने बताए ।

सरकारले देशभर एक लाखभन्दा बढी मान्छे राख्ने गरि क्वारेन्टाइन व्यवस्थापन समेत शुरु गरेको छ । उच्चस्तरीय समन्य समितिले पर्यटनमन्त्री योगेश भट्टराईको अध्यक्षतामा गठन गरेको क्वारेन्टाइन व्यवस्थापन समितिले नगरकोटमा मात्रै २ हजार जनालाई राख्न मिल्ने गरी क्वारेन्टाइन बनाउन लागेको छ ।

मन्त्री भट्टराईले नगरकोटका होटलहरु र दुवाकोटस्थित केएमसी अस्पतालमा क्वारेन्टाइन बनाउन बुधवार स्थगलत निरीक्षण गरी सहमति जुटाएका छन् । क्वारेन्टाइनमा हुनुपर्ने न्युनतम मापदण्डसहित व्यवस्थित गरिने उनले बताए ।

चिकित्सकहरुको व्यक्तिगत सुृरक्षा उपकरण सहितका अत्यावश्यक मेडिकल सामाग्रीहरु चीन र भारतबाट खरिद गरेर ल्याउनका लागि नेपाल एयरलाइन्सका विमान तयारी हालतमा राखिएको समेत उनले जानकारी दिएका छन् ।

Related Articles

Back to top button
Close