अन्तर्राष्ट्रिय

अमेरिकामा कोरोना भाइरसबाट ६६१३२ संक्रमित , आजमात्रै २ सय १६ को मृ’त्यु

एजेन्सी , अमेरिकाभरमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ६६ हजार १ सय ३२ पुगेको छ । यो समाचार तयार पार्दासम्म मृ’तकको संख्या ९४७ पुगेको छ । आजमात्रै २ सय १६ को मृ’त्यु भएको रि’पोर्ट गरिएको छ । चारदिन अगाडि आइतबार विहानसम्म अमेरिकामा मृ’तकको संख्या ३२६ रहेको थियो ।मंगलबार १६४ को मृ’त्यु भएको रिपोर्ट गर्दा त्यो अहिलेसम्मकै उच्च थियो । तर आज २१६ को मृ’त्यु भएकाले हिजोको तथ्यांकलाई पनि उछिनेको छ । न्युयोर्क राज्यमा २८५ जनाको मृ’त्यु भएको छ , जसमध्ये १९९ न्युयोर्क सिटीकामात्र छन् ।

न्युयोर्कमा अहिलेसम्म ३० हजार ८ सय ५१ जनामा संक्रमण पुष्टी भएको छ । न्युयोर्क सिटीमामात्र १७ हजार ८ सय ५६ मा संक्रमण पुष्टी भएको छ । न्युयोर्कको वेष्टचेस्टरमा ४६९१, नासु काउन्टीमा ३२८५, सफल्कमा २२६० जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।न्युयोर्क पुलिस डिपार्टमेन्टका २३६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । जसमध्ये १९७ जना अफिसरहरु हुन् भने अन्य सि’भिलियनहरु हुन् । ती बाहेक ३२ सय प्रहरी अधिकारीहरु बि’रामी वि’दामा रहेका छन् । जुनसंख्या न्युयोर्क पुलिस डिपार्टमेन्टको ९ प्रतिशत हो ।

Related Articles

Back to top button
Close