समाचार

कोरोना भाइरस: नेपालमा जुनसुकै बेला इन्टरनेट अवरुद्ध हुनसक्ने चेतावनी !

कोरोना भाइरस (कोभिड – १९) का कारण एक सातासम्म घरमै बस्न सरकारले आग्रह गरेको तेस्रो दिनसम्म आइपुग्दा इन्टरनेटको खपत तेब्बर बढेको छ ।

यो सँगै जुनसुकै बेला इन्टरनेट सेवाप्रदायकहरूले जुनसुकै बेला इन्टरनेट अवरुद्ध हुने चेतावनी दिएका छन् । इन्टरनेट सेवा प्रदायकहरूले इन्टरनेटको खपत कम गर्न आग्रह गरेका छन् ।

दूरसञ्चार तथा निजि क्षेत्रका इन्टरनेट सेवाप्रदायकको सेवा करिब देशैभर बिस्तार भइसकेको र घरबाहिर जान नपाउने अवस्थामा इन्टरनेट प्रयोग नै एकमात्र विकल्प बन्दा यसको खपतमा उच्च दरमा बढेको हो ।

यसबाहेक कोरोना भाइरस सँग सम्बन्धित सूचना तथा जानकारीका लागि पनि अनलाइन सजिलो माध्यम भएकोले अन्य दिनमा भन्दा इन्टरनेटको खपत तुलनात्मक रूपमा बढेको हो ।

संकटको यस् घडीमा इन्टरनेटको प्रयोग सहि तरिकाले गर्न इन्टरनेटमा बिताउने समय कम गर्न इन्टरनेट सेवा प्रदायकहरूले आग्रह गरेका छन् । इन्टरनेटमा कुनै समस्या आएको खण्डमा अहिलेको समयमा मर्मतसम्भार गर्न नसकिने समेत उनिहरूको चेतावनी छ ।

Related Articles

Back to top button
Close