समाचार

चितवन अदालतलाइ भन्यो: ‘पुडासैनीको भिडियो अरु कसैको सहयोगले खिचिएको हो’ (आदेशको पाठसहित)

काठमाडौं, ९ भदौ । पत्रकार शालिकराम पुडासैनीको प्रकरणमा अदालतले पनि रविका समर्थकले भनेको जस्तै थुप्रै आशंका गरेको छ । अदालतले गरेको फैसलामा ति कुराहरु पनि उल्लेख छन् । शालिकराम पुडाशैनीले भिडियो खिच्दा अर्को ब्यक्ति पनि भएको हुनसक्ने भन्दै रविका समर्थकले प्रश्न उठाएका थिए । त्यस्तै प्रश्न अदालतले पनि गरेको छ । पुडाशैनीले भिडियो रेकर्ड गरिसकेपछि अन्त्यमा दुवै हात जोडेर अभिभादन गरेका कारण सो भिडियो आफैले खिचेको हुन नसक्ने अदालतको शँका छ । अदालतले पनि भिडियो अरु कसैले खिचेको आशँका गरेको छ ।

मुख्य न्यायाधीश हेमन्त रावलले सोमबार साँझ गरेको थुनछेक आदेशमा यस्ता प्रश्न उठाइएका छन् । त्यो वाहेक पुडाशैनीले भिडियो खिच्दा लगाएको कपडा र होटलमा झु ण्डि एको अवस्थामा मृ त भेटिदा लगाएको कपडाका कारण पनि अदालतले शंका ब्यक्त गरेको छ । उनले लगाएको कपडाका कारण भिडियो खिचिएको समय र पुडासैनी झु न्डि एको समयमा धेरै फरक देखिन सक्ने भएकाले मृ त्यु लगत्तै अगावै रेकर्ड गरिएको मान्न सक्ने अवस्था नभएको र यसलाई ‘डा इङ डिक्ल रेसन’ पनि भन्न नमिल्ने अवस्था भएको आदेशमा उल्लेख छ।

प्रहरीले यि दुई कुरा वाहेक अरु प्रमाण समेत जुटाउन नसकेका कारण सो भिडियोलाई ‘डा इङ डिक्ल रेसन’ भन्न नमिल्ने अवस्था रहेको न्यायाधीश रावलले आदेशमा उल्लेख गरेका छन्।भिडियो खिच्दा अर्को ब्यक्ति भएका कारण उनले त्यही बेलामा पुडाशैनीलाई आ त्म ह त्याबाट बचाउन सक्ने अवस्था रहेको आदेशमा उल्लेख छ । अन्य ब्यक्तिले हार गुहार माग्न सक्ने, बचाउका लागि अन्य प्रयास गर्न सक्ने भएकाले पनि त्यसलाई ‘डा इङ डि क्लरेसन मान्न नसकिने तर्क छ ।

Related Articles

Back to top button