समाचार

अदालतवाट रिहा भएका रवि लामिछानेलाई विदेश जान नपाउने, अरु पनि लाग्यो यस्तो प्रतिबन्ध

चितवन, ९ भदौ । शालिकराम पुडासैनीको आ त्म ह त्या दरु त्साहनको मु द्दा खेपिरहेका टेलिभिजन प्रस्तोता रवि लामिछानेले यसबारे कार्यक्रम चलाउन नपाउने भएका छन् । साथै उनले विदेश जाँदा अदालतको स्वीकृती लिनुपर्नेछ । जिल्ला अदालत चितवनमा थुनछेक बहसपछि न्यायाधीश हेमन्त रावलको इजलासले लामिछानेसँग ५ लाख, युवराज कँडेलसँग ३ लाख धरौटी माग गरेर रिहा गरेको हो ।

अर्की अभियुक्त अस्मिता भनिने रुकु कार्कीलाई भने साधारण तारेखमा रि हा गरेको छ । पत्रकार शालिकराम पुडासैनी आ त्मह त्या प्रकरणमा पुडासैनी पक्षधबाट बहस गरिरहेका अधिवक्ता स्वागत नेपालले उक्त प्रकरणमा आजदेखि हत्या कि आ त्मह त्या भन्ने प्रश्न अन्त्य भएको दाबी गरेका छन् । उनले जिल्ला अदालत चितवनले पनि औपचारिक रुपमा आ त्म ह त्या नै मानिसकेको जनाएका छन् । बहसलगत्तै आफ्नो फेशबुकमा स्टाटस लेख्दै यस्तो दाबी गरेका हुन् ।

उनले अघि भनेका छन्,‘आफ्नो वहसको निष्कर्श अदालतबाट स्वीकार भएर अब ह त्या होइन आ त्मह त्या हो भन्ने पुष्टि गर्न बहस नै जरुरि नभएकोमा अदालत प्रष्ट भइसकेको श्रीमानबाट निर्देश भएपछि म बहस सकेर निस्किएको छु, बाँकी केही समयपछि अदेश आउनेछ तर त्यो अन्तिम भने हुने छैन ।’माउण्टेन टेलिभिजनका पत्रकार शालिकराम पुडासैनीको आ त्म ह त्या प्रकरणमा प क्राउ परेका टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने ५ लाख रुपैयाँ धरौटीमा रिहा भएका छन् ।

सोमबारको थुनछेक बहसपछि चितवन जिल्ला अदालतका न्यायाधीश हेमन्त रावलको इजलासले लामिछानेलाई पाँच लाख तथा सोही प्रकरणमा पक्राउ परेका युवराज कँडेललाई तीन लाख र अस्मिता कार्कीलाई बिना धरौटी साधारण तारेखमा रिहा गर्न आदेश दिएको हो । तर, आदेशमा रविलाई पुडासैनी आ त्म ह त्या प्र करणबारे उनले चलाउने कार्यक्रम ‘सिधा कुरा जनतासँग’ मा बोल्न नपाउने उल्लेख छ । यस्तै रविले मु द्दाको छिनोफानो नभएसम्म विदेश जान पाउने छैनन् । तर, अदालतको अनुमतिमा भने जान सक्नेछन् ।

Related Articles

Back to top button
Close