समाचार

अतः रवि लामिछाने हिरासतबाट छुटे, अब यस्तो खालको टिभीमा कार्यक्रममा गर्न नपाउने, विदेश जानलाई रोक

चितवन – पुडासैनी आ त्मह त्या प्रकरणमा चितवन प्रहरीले नियन्त्रणमा लिएका सञ्चारकर्मी रवि लामिछानेसहित तीन जनालाई चितवन जिल्ला अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको छ। तीन जना विरुद्ध परेको आ त्मह त्या दुरुत्साहन मुद्दामा सोमबार भएको थुनछेक बहसपछि एक नम्बर इजलासमा रहेका न्यायाधिश हेमन्त रावलको इजलाशले लामिछानेसहित युवराज कँडेल धरौटीमा रिहा गर्ने आदेश दिएका हुन्। आदेशमा कार्कीलाई पीडित भन्दै साधारण तारेखमा छोड्न आदेश गरिएको छ ।रविले न्यूज २४ बाट सञ्‍चालन गरिरहेको कार्यक्रम सिधा कुरा जनतासँग सञ्‍चालन गर्न पाउने भए पनि पुडासैनी आ त्मह त्या प्रकरणको विषयमा भने कार्यक्रम चलाउने नपाउने आदेश दिइएको छ ।

‘लामिछाने र कँडेलले प्रस्तुत मुद्दाको टुंगो नलागेसम्म पुडासैनीको आ त्मह त्या मुद्दाको न्यायिक प्रकृयाको बारेमा देश तथा विदेशबाट टेलिभिजन कार्यक्रम, फेसबुक लाइभ युट्युबजस्ता काम नगर्ने/नगराउने, मुद्दाको अनुसन्धान गरेका प्रहरी, अभियोजन गरेका सरकारी वकिल र न्यायाधीशबारे उनीहरूले टिभिकार्यक्रम फेसबुक लाइभ लगायतका प्रकाशन प्रशारण नगर्नु नगराउनु भनि यो आदेश गरिदिएको छ,’ अदालतको आदेशमा भनिएको छ, ‘उनीहरूदुवैले औषधि उपचारको लागि जानुपर्‍यो भने यो अदालतको पूर्वअनुमति लिएरमात्र जानुपर्नेछ।’ पुडासैनी प्रकरणको मुद्दा विचाराधिन भएकोले यस विषयमा कार्यक्रम सञ्‍चालन गर्न नपाउने बताइएको छ । अभियोग लागेका रवि लामिछानेलाई अदालतको अनुमतिबिना विदेश जान नपाउने गरी ५ लाख धरौटी तोकेको छ। उनीहरुको रिहा लगत्तै रवि लामिछानेका शुभेच्छुक र आफन्तले खुशीयाली मनाएका छन्।

Related Articles

Back to top button
Close