समाचार

थप प्रमाण जुटाउन चु*क्यो प्रहरी, रबि लामिछानेको रिहाई हुन सक्ने यस्तो आयो पछिल्लो अपडेट

काठमाडौँ — चितवनको कंगारु होटलमा मृ*त भेटिएका पत्रकार शालि*कराम पुडा*सैनीलाई आ*त्मह*त्याका लागि दुरु*त्साहन गरेको अभियोगमा चितवन प्रहरीको प्रतिवेदनका आधार सरकारी वकिलको कार्यालयले सञ्चारक्रमी रवि लामिछानेसहित तीन जना विरु*द्ध ५ वर्ष कै*द र ५० हजार रुपैयाँ जरि*वानाको मागदाबी गरेको छ । जिल्ला अदालत चितवनमा सोमबार आरो*पितमाथिको बयान सकिएपछि अनि त्यसपछि थुनछेक बयान सुरु भएको छ ।

कुनैपनि व्यक्ति विरु*द्ध कुनै कसु*रको आ*रोप लगाउनुपूर्व प्रमाण चाहिन्छ । प्रमाण र अन्य तथ्यकाबारेमा विस्तृत विवरण उल्लेख गरिएको व्यहोरालाई अभि*योगपत्र भनिन्छ ।सञ्चारकर्मी लामिछाने वि*रुद्ध पेस भएको अभि*योगपत्र कत्तिको बलियो छ त ? जिल्ला अदालत चितवनबाट कान्तिपुरले २३ पेज लामो अभियोगपत्र प्राप्त गरेको छ । के छ त अभि*योगपत्रमा ?

१. अस्मिता कार्की
अभि*योगपत्रमा दुरु*त्साहनका कारण शालिक*राम पुडासै*नीले आ*त्मह*त्या गर्न बा*ध्य भएको निष्कर्ष निकाल्दै त्यसको प्रमुख आरो*पितको रुपमा रुकु भनिने अस्मिता कार्कीलाई प्रस्तुत गरिएको छ । आरोपपत्रमा शालि*करामकी पत्नी सम्झनाको किटानी जाहेरी, बरामद भिडियो अनि केही व्यक्तिहरुको मौकाको कागजलाई महत्वपूर्ण प्रमाणका रुपमा पेश गरिएको छ । आ*त्मह*त्याको घट*नापछि न्यूज २४ का पत्रकारहरुले आफूलाई सम्पर्क गर्न खोजेको र उनीहरुले कार्यक्रम बनाउन खोजेको भन्ने अस्मिताको बयान छ । बयानको यो भागलाई प्रहरीले आ*त्मह*त्याअघिको घटनाको रुपमा चित्रित गरी रवि र युवराजका साथमा अस्मिता समेत यो*जनाकार रहेको भनी चित्रित गरेको छ ।

प्रहरीको दाबी अनुसार, रवि लामिछाने, युवराज कँडेल अनि अस्मिताले जालझेल गरी आ*त्मह*त्या गर्न बा*ध्य बनाएको दाबी आ*रोपपत्रमा छ । मोबाइलमा कैद भएको भिडियोबाट रवि लामिछाने, युवराज कँडेल अनि अस्मिता भनिने रुकु कार्कीले दुःख तथा मानसिक पी*डा दिई आ*त्मह*त्या गराउन बाध्य बनाएको अनि मृ*तक शा*लिकराम पुडासै*नीकी पत्नी सम्झना घिमिरेको किटानी जाहेरीले समेत त्यसको औचित्य पुष्टि हुन्छ भनिएको छ ।

बयान हेर्दा प्रहरीले आरोपको प्रमुख प्रमाणको रुपमा भिडियोका साथै अस्मिताको बयान अनि शालिकरामसँग पछिल्लो समय सम्पर्क भएकी प्रमिला भन्ने व्यक्तिको मौकाको कागजलाई आधार बनाएको छ । कतिपय बयानका विवरण र अन्य तथ्य भने प्रहरीले आफू अनुकुल प्रयोग गरेको देखिन्छ । प्रमिलाकै मौकाको बयान हेर्ने हो भने शालिकरामको भिडियो रेकर्डसँग बाझिन्छ । प्रमिलासँग शालिकरामले आफ्नो पूर्वप्रेमिकाको विवरण पाएर अस्मिता रिसाएको भन्ने मुद्दाको मिसिलमा उल्लेख छ । तर यर्थामा सम्झता शालिक*रामकी पूर्वप्रेमिका नभएर पत्नी थिइन, जुन कुरा मौकाको बयान गर्ने प्रमिलालाई पनि थाह नभएको देखिन्छ ।

अस्मिताले विवाहित रहेका शालिकरामले यथार्थ विवरण नखुलाई आफूलाई धो*का दिएको बताएकी छन् । यथार्थ विवरण थाह पाएपछि आफू उसँग टाढा हुन खोजेको अनि सम्बन्ध राम्रो नहुँदा पनि फोन गरी दुःख दिएको विवरण खुलाएकी छन् । प्रहरीमा अस्मिताले गरेको बयान अनुसार, यो कुरा उनले क्यामेरापर्सन अनिल ढुंगेल मार्फत रवि र युवराजलाई पनि थाह दिन भनेकी थिइन् । अस्मिताले ‘अनिल ढुंगेल, युवराज कँडेल र रवि लामिछानेविच सल्लाह गरी योजना बनाई निज शालिकराम पुडा*सैनी हतो*स्साहित हुने किसिमले ब्ल्या*कमेल गरी केही कुरा भनेको वा केही कार्य गरेको हुनुपर्छ’ भनी बयान दिएको प्रहरीको दाबी छ । प्रहरीले भनेको छ, ‘सोही कारणबाट शा*लिकराम पुडा*सैनीले आ*त्मह*त्या गरेको हुनुपर्छ भन्दै बयान गरेको देखिएबाट अभियोग पुष्टि हुने ।’

प्रहरीले घटनाको अनुसन्धानका क्रममा ‘प्रमिला शर्मा भूषाल’ नामकी महिलालाई प्रस्तुत गरेको छ । उनको दाबी अनुसार आ*त्मह*त्याको दिन बिहान शालि*करामले उनीसँग कुरा गरेका थिए । ‘प्रमिलाको कागजबाट पनि मलाई रे*प मु*द्दा हाल्ने समेत भनेका छन् भनी ह*तास अवस्थामा बताएको देखिन्छ’ आरोपत्रमा भनिएको छ, ‘अर्का गोकर्णनाथ न्यौपानेको भनाई अनुसार विक्षि*प्त हुने गरी मानसिक तनाव दिएका कारण सो दुः*ख सहन नसकी शालि*करामले आ*त्मह*त्या गरेका हुन् ।’

प्रहरीको दाबी अनुसार, अस्मिताले आफूसग शालि*करामले गरेको कुराकानी रविको टिमलाई दिएको आधारबाट पनि उनले कसुर गरेको पुष्टि* हुन्छ । उनले न्यूज २४ मा गएर फोटो खिचेर समेत कार्यक्रम प्रशारण गरिदिने भनी मृ*तकलाई धम्की* दिएको स्वीकार गरेको दाबी प्रहरीको छ । प्रहरीले अभियोग खण्डमा भनेको छ, ‘मान*सिक यातना दिएकी तथा बला*त्कार मु*द्दामा फ*साइदिने जस्ता कुरा गरी दुः*ख हैरानी दिएकी ।’

प्रहरीले अभियोग लगाएपनि यथार्थ भने फरक छ । प्रहरीकै प्रतिवेदनमा समावेश अस्मिताको बयानमा एक साताअघि शालि*कराम विवाहित भएको थाह पाएपछि उबाट टाढा हुन खोजेकी थिइन् । त्यसपछि शा*लिकरामले फोन गरी बाटो समेत छेकेर दुः*ख दिने गरेको बयानमा उल्लेख छ । ‘रविहरुलाई भनेमा मलाई पि*छा गर्न छुटाइदिन्छन् कि भन्ने सोचेको हो’ अस्मिताले प्रहरीसँगको बयानमा भनेकी छन्, ‘अनि अनिललाई भेटेर रविलाई जानकारी दिनु भनेको हो । घटना भएपछि अनिलले कुनै म्यासेज डि*लिट नगर्नु भनेको भनी खबर गरेपछि मात्रै थाह भयो । उनीहरुले भेटन खोजेका थिए तर मैले भेटिनँ ।’

प्रहरीले प्रमुख आरो*पको रुपमा बला*त्कारको झु*टो अभियोग लगाउने ध*म्कीका कारण शा*लिकरामले आ*त्मह*त्या गरेको दाबी गरेको छ । तर त्यसलाई स्वतन्त्र रुपमा पुष्टि गर्ने प्रमाण अभि*योगपत्रका साथ पेश छैन । प्रमाणविना केवल मौकामा कागज गर्ने व्यक्तिले बोकेको कुरा आधिकारिक हुँदैन । उनीहरुको बयान सत्य हुन त्यसलाई सावित गर्ने प्रमाणहरु पनि अभियोगका साथ पेश गर्नुपर्छ, जसमा प्रहरी र सरकारी वकिल समेत चुकेका छन् ।

२. युवराज कँडेल
न्यूज २४ का पत्रकार युवराज कँडेलमाथिको अभियोग अझै रोचक छ । प्रहरीले ‘सिधा कुरा जनतासँग’ को कार्यक्रममा युवराजले काम गराउने गरेका मृ*तक शालि*करामलाई समाचार बनाउने क्रममा गा*ली गर्ने गरेको भन्दै बयान गरेको’ भनी त्यो बया*नले दु*रुत्साहन पुष्टि हुने दाबी गरेको छ । कार्यक्षेत्रमा मातहतका सहकर्मीहरुसँगको सम्बन्ध र व्यवहार दुरु*त्साहन पुष्टि गर्ने प्रमाण होइन, तर प्रहरीले त्यसैलाई प्रमाण मानेको छ ।
रवि लामिछानेको बयानबाट पनि ‘युवराजले शालि*करामलाई कार्यक्षेत्रमा गा*ली गर्ने गरेको’ भन्दै प्रहरीले त्यसलाई दुरु*त्साहनको प्रमुख आधार बनाएको छ । अस्मिताको म्यासेज युवराजले पाएकाले पनि उनको भूमिका पुष्टि भएको अभियोगपत्रमा उल्लेख छ । आरोपपत्रमा भनिएको छ, ‘युवराजले दिएको दुः*ख, पी*डा अनि दुरु*त्साहनका कारण शा*लिकरामले आ*त्मह*त्या गरेको देखिन्छ ।’ तर प्रहरीले अस्मिताले दिएको म्यासेजलाई युवराजले कसरी दुरु*त्साहनमा प्रयोग गरे भन्नेबारे खुलाउन सकेको छैन ।

प्रहरीले कतिसम्म आ*रोप लगाएको छ भने रविहरुको कार्यक्रमलाई प्रभावित बनाई शालिकराम पुडासैनीले अन्यत्र टेलिभिजनमा समानान्तर कार्यक्रम सञ्चालन गरेको भनी रविको समूहले रि*सइवी लिई बसेको देखिन्छ । युवराजमाथि समेत त्यही आरोप दोहोर्‍याउँदै सरकारी वकिल यदुनाथ शर्माले रिसइवी साँध्न दुरुत्सा*हन गरेको अभियोगपत्र तयार परेका छन् । अभियोगपत्रमा भनिएको छ, ‘रि*सइवी साँध्न आफूलाई प्रेम गरी धो*का दिएको भनी बद*ला लिन चाहेकी अस्मितासँग मिली शालिक*रामका फोटाहरु तथा म्यासेजहरु प्रसारण गरिदिने भनी ड*रत्रा*स देखाई अनावश्यक रुपमा मान*सिक या*तना तथा दुः*ख हैरा*नी दिएको ।’ तर युवराजले आफूलाई यसबारेमा बृहत रुपमा केही थाह नभएको भनी इन्कारी बयान दिएका छन् । रविको टिमले शालि*करामका फोटा र म्यासेज प्रमाण गर्नका लागि गरेको तयारी, त्यसको योजना र ती क्रियाकलापबाट दुरु*त्साहन भएको पुष्टि हुने प्रमाण अभियो*गपत्रका साथमा छैनन् ।

३. रवि लामिछाने
रवि लामि*छानेमाथि आ*रोप लगाउनुका पछाडि प्रहरीले मुख्यतः चार आधार लिएको देखिन्छ । शालि*करामकी पत्नी सम्झनाको किटानी जाहेरी, आ*त्मह*त्याअघिको भिडियो रेकर्ड अनि रविको बयान । जाहेरी र भिडियो रेकर्डमाथि यसअघि नै चर्चा भइसकेको छ । रविले बयानका क्रममा भनेका थिए, ‘मैले निजको विरुद्धमा कार्यक्रम बनाएको भनी कसैले भनिदिएको समेत हुनसक्छ र आ*त्मह*त्या गरेको हुनसक्छ ।’ उनले अनुमान गरेको त्यही विषयलाई प्रहरीले प्रमुख प्रमाण मानिदियो ।

पेशागत प्रतिस्पर्धा र सम्बन्धलाई समेत प्रहरीले जबरजस्ती प्रमाणको रुपमा खडा गरेको छ । प्रहरीको दाबी अनुसार शालि*कराम अन्यत्र टेलिभिजनमा समानान्तर कार्यक्रम सञ्चालन गर्न रविको टिम छाडेका थिए । अभि*योगपत्रमा रविबारे भनिएको छ, ‘यी प्रतिवादीले आ*त्मह*त्या गर्नुपर्नेसम्मको अवस्था सि*र्जना गरी दु*रुत्साहन गरेका कारणले कसुर पुष्टि हुने ठहर्छ ।’ तर आ*त्मह*त्याअघि सिधा कुरा जनतासँगमा शालि*करामको विषयमा कार्यक्रम गर्ने तयारी हुँदै थियो भन्ने प्रमाणित गर्ने आधार प्रहरीले पेश गरेको छैन ।

रविले बयानका क्रममा भनेका छन्, ‘शालिक*रामले एक लाख रुपैयाँ पाउने गरी माउन्टेनको मार्केटिङमा काम पाएको बताएकापछि छाडेका हुन् । पछि भने मिसन न्यूज भनिने कार्यक्रममा गएका रहेछन् ।’ घटनाको केही दिन अघि शालि*करामको बाहिर प्रेमिका भएको अनि उनले शालिक*रामबाट केही समस्या भोगी रहेको भनेको सुनेको बताएका छन् । उनले भनेका छन्, ‘घटनाको अघिल्लो दिन कार्यक्रम नभएकाले चाडै सुतेँ । भोलिपल्ट मात्रै म*रेको थाह भयो ।’

प्रहरीले अभि*योगमा तीनैजनामाथि आ*रोप लगाउनुका पछाडि प्रमिला शर्मा भूषालले ‘मौकामा गरेको कागज’लाई महत्वपूर्ण प्रमाणको रुपमा लिएको छ । प्रमिला को हुन् भन्ने आरो*पपत्रमा खुल्दैन । तर कागज अनुसार, उनले छ महिनाअघि मात्रै शालि*करामसँग चिनाजान गरेकी हुन् । घटनाको दिन बिहानै शालि*करामले प्रमिलालाई फोन गरेका रहेछन् । शालि*करामको भनाई उदृत गर्दै प्रमिलाले भनेकी छन्, ‘साउन २० गते मेरो छुटेको प्रेमिकाको बारेमा हालको प्रेमिकाले थाह पाई न्यूज २४ को एकजना मानिससँग मिलेर मलाई फ*साउन खोजेको हो ।’

शालि*करामले आफूले अस्मितालाई जागिर लगाइदिएको भन्दै अहिले भने आफूसँगको कुराकानी अन्यत्र लिक भएको भनेका रहेछन् । शा*लिकरामकै शब्दमा, ‘मलाई बला*त्कार मु*द्दा हाल्ने भनेका छन् । यसो गर्दा मेरो बे*इज्ज*त हुने भयो ।’ प्रमिलाको दाबी अनुसार, मर्ने दिन बिहान कुराकानीका क्रममा शालि*कराम निकै आत्ति*एको मनस्थि*तिमा थिए । शा*लिकरामले ‘मलाई न्यूज २४ का केहीसँग मिलेर योजनावद्ध रुपमा सिध्याउँदैछन्’ भनेको भनी प्रमिलाले प्रहरीमा कागज गरेकी छन् ।

प्रहरीले अभियोगको दसी प्रमाणको रुपमा मृ*तकको भिडियो, मोबाइल सेट अनि शा*लिकरामले डो*री किनेको सिसिटिभी फुटेज पेस गरेको छ । अनि मृ*तक र आरोपितका साथै अन्यसँग भएको कुराकानको कल डिटेल रेकर्डहरु पेस गरेको छ । आरोपित तीनैजनाको मोबाइल परीक्षण प्रतिवेदन अनि अनि न्यूज २४ टेलिभिजनको सीसीटिभी फुटेज पनि पेस भएको छ । दसी र अन्य प्रमाणको सयवटा सूची बनेपनि दुरु*त्साहनको आ*रोप स्थापित हुने खालका विवरणको अभाव देखिन्छ ।

प्रमाण ऐन र सर्वोच्च अदालतले प्रतिपादन गरेका विभिन्न नजिर अनुसार, ‘मृ*त्युकालीन घोषणा’ प्राथमिक प्रमाण होइनन् । ज्या*नसम्बन्धी मु*द्दामा तबमात्रै मृ*तकले मर्ने बेलामा बोलेको कुरालाई प्रमाणका रुपमा स्वीकार गर्न मिल्छ, जब त्यसलाई अन्य प्रमाणले समेत पुष्टि गरेको हुन्छ । प्राथमिक प्रमाणविना मृत्युकालीन घोषणा मु*द्दाको निर्णायक प्रमाण हुन सक्दैन । अर्कोतर्फ आ*त्मह*त्याका क्रममा दिइने वक्तव्य वा नोटलाई कानूनतः ‘मृ*त्युकालीन घोषणा’ मानिँदैन । मृ*त्युकालीन घोषणा त प्रमाणित हुन अन्य प्रमाणहरु विद्यमान हुनुपर्छ भने त्योभन्दा कमजोर प्रमाण मानिने ‘सु*सा*ईड नोट’ पुष्टि हुन झनै द*रिलो प्रमाण आवश्यक पर्छ ।

तर प्रहरीले भने भिडियो रेकर्डका आधारमा दु*रुत्साहनको मुद्दा चलाएको देखिन्छ । अरु विवरण र प्रमाणबाट आफ्नो अभियोग पुष्टि गर्ने अवसरबाट प्रहरी चुकेको छ । अदालतले प्रहरीले पेश गरेको अभियोग र प्रमाणलाई कुन रुपमा लिन्छ, त्यसकै आधारमा तीनै जना आरोपितहरु पुर्पक्ष थुनामा रहने, धरौटीमा छाड्ने वा सामान्य तारिखमा छाड्ने तय हुनेछ । यसका लागि कम्तिमा पनि सोमबार अबेर वा मंगलबारसम्म पर्खनुपर्ने हुनसक्छ ।

यतिबेला रबिका समर्थकले पनि रबि निर्दोष भन्दै सडक तताइरहेको अवस्था छ | कतिपय देशका विभिन्न ठाउँमा समेत रविको पक्षमा आन्दो*लन भैरहेका छन् | बाहिरबाट बुझ्दै गर्दा त्यति यथेष्ट प्रमाण जुटाउन भने हम्मे हम्मे प्रहरीलाई परेको देखिन्छ |रविले पुडा*सैनीलाई मृ*त्युको मुख सम्म पुराएका हुन् भन्ने कुरामा खासै बिश्वास नभएको कतिपय जानकारहरु बताउँछन् | रविको रिहाइ नै हुनुपर्छ भन्दै आन्दोलन एकथरी गरिरहेका छन् भने अर्कोथरी जो देशका सेलेब्रेती देखि देशका भूपू उच्च तहका व्यक्तिहरुले पनि बताउंदै आइरहेका छन | यद्दपी सबै निचोड सम्म पुग्न सकेसम्म आज नभए भोलि सम्म कुर्नुपर्ने अवस्था छ |

Related Articles

Back to top button
Close