समाचार

रविको बयान सुनेपछि अदालतले थाल्यो अब नयाँ काम, रवि रिहाइको बारेमा दियो यस्तो म्यासेज

काठमाडौं – चितवन जिल्ला अदालतले पत्रकार शालिकराम पुडासैनी प्रकरणमा पक्राउ परेका सञ्चारकर्मी रवि लामिछाने र युवराज कँडेलको बयान लिइ सकेको छ । अभियुक्त रूकु कार्कीको भने अदालतले आइतबार बयान लिएको थियो । चितवन जिल्ला अदालतका श्रेस्तेदार रुद्रमणि गिरीका अनुसार थुनछेक बहसपछि उनीहरुलाई साधारण तारिकमा रिहा गर्ने, धरौटीमा रिहा गर्ने वा पर पक्षका लागि थुनामा राख्ने भन्ने बारे निर्णय हुनेछ ।

अनुसन्धानबाट प्राप्त प्रमाणको आधारमा आइतबार लामिछाने, कँडेल र रुकुविरुद्ध चितवन जिल्ला अदालतमा दुरुत्साहन मुद्दा दर्ता भएको हो। प्रहरीले १० दिनको म्यादमा हिरासतमा राखेर अनुसन्धान पूरा गरेपछि आइतबार अदालतमा मुद्दा दर्ता भएको हो। अब रवि लामिछानेको बयान सकिएपछि अदालतमा वादी प्रतिवादीका वकिलहरुले बहस गर्नेछन् । थुनछेक बहसपछि अदालतले उनीहरुलाई थुनामै राख्ने कि धरौटी वा साधारण तारेखमा छाड्ने भन्ने निर्णय गर्नेछ।

तीनैजनाविरुद्ध आइतबार जिल्ला अदालतमा अभियोगपत्र दर्ता भएको थियो । रवि लामिछाने निर्दोस रहेको दाबीसहित फसाउन खोजिएको भन्दै उनका समर्थकहरुले चितवनमा दिनदिनै प्रदर्शन गरिरहेका छन् । प्रदर्शन चर्कर्दै गएपछि स्थानीय प्रशासनले अर्को आदेश नभएसम्मका लागि भरतपुरमा निषेधाज्ञा जारी गरेको छ । निषेधाज्ञाका कारण आज मानिसहरु प्रदर्शनमा उत्रेका छैनन् । प्रहरीले बजार क्षेत्रमा सुरक्षा तैनाथी बढाएको छ ।

Related Articles

Back to top button
Close