समाचार

सरकारले खसीबोकाको आयातमा लगायाे राेक, दशैंमा मूल्य महँगिने

काठमाडौं । सरकारले खसीबोकाको आयातमा रोक लगाएसँगै बजारमा मूल्य आकासिएको छ। यससँगै नजिकिँदो दशैंमा महँगी बढ्ने देखिएको छ। पशु बधशाला तथा मासु जाँच ऐनलाई कडाइका साथ कार्यान्वयन गरी मापदण्ड नपुगेका खसीबोकाको आयात बन्द गरेपछि त्यसको प्रत्यक्ष असर स्थानीय बजारमा पर्न गएको हो।

आयातमा रोक लगाएसँगै पछिल्लो एक महिनामा जिउँदो खसीको मूल्य प्रतिकिलो २०० रुपैयाँ बढेको छ। प्रतिकिलो ५०० रुपैयाँ रहेको जिउँदो खसीको मूल्य बढेर ७०० रुपैयाँसम्म पुगेको छ। स्वदेशमा पर्याप्त खसीबोका नपाउँदा आयात नियन्त्रणले बजारमा अस्वाभाविक रूपमा मूल्य बढेको छ र यसको असर आम उपभोक्तामा पर्न गएको छ। याे समाचार कारोबार दैनिकमा छ ।

बेइजिङको नयाँ विमानस्थलमा नेपालकाे एयरलाइन्स पनि चल्ने
चीनको राजधानी बेइजिङमा भर्खरै तयार भएको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल प्रयोग गर्ने विमानमध्येमा नेपाल पनि रहेको छ ।तासिङ विमानस्थलले सार्वजनिक गरेको पछिल्लो सूचीमा तीनवटा अन्तर्राष्ट्रिय एयरलाइन्समा नेपालको हिमालयन एयरलाइन्ससहित केन्या र बरुनाइका विमान रहेको उल्लेख छ।

यसअघि चिनियाँ सञ्चारमाध्यमले काठमाडौँ–बेइजिङ उडान भर्ने नेपाली एयरलाइन्सको नाम खुलाएका थिएनन् । तर, छीनार, सी–ट्रिपलगायत चिनियाँ ट्राभल एजेन्सीले हिमालयन एयरलाइन्सको नाममा अनलाइनमार्फत टिकट बिक्री प्रक्रिया थालिसकेको छ । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

Related Articles

Back to top button
Close