समाचार

चितवन प्रशासनको कडा आदेश: आजदेखि पाँच जना भन्दा बढी मानिस जम्मा हुन नपाउने

भरतपुर। जिल्ला प्रशासन कार्यालय चितवनले कर्फ्यू लगाएको छ । प्रशासनले ९ भदौ सोमबार बिहान ६ बजेदेखि अर्को सूचना अनाएसम्मका लागि कर्फ्यू लगाएको हो ।

हि*रासतमा रहेका न्युज २४ का कार्यक्रम प्रस्तोता रवि लामिछाने लगायतको रिहाइको माग गर्दै प्रदर्शनमा उत्रेका प्र*दर्शनकारीहरुबाट हुलदु*ङ्गा र अशान्ति हुन सक्नेभएकाले कर्फ्यू लगाएको प्रमुख जिल्ला अधिकार जीतेन्द्र बस्नेतद्वारा हस्ताक्षरित सूचनामा भनिएकाे छ । आइतबार साँझ सूचना जारी गर्दै एक ठाउँमा पाँच भन्दा बढी मानिस जम्मा हुन नपाउनेगरी आदेश जारी गरेको हो ।

पूर्वमा वाइपास सडकतर्फको आन्तरिक राजस्व कार्यालयको चोकदेखि घरेलु कार्यालयको चोकसम्म, पश्चिममा पूर्वपश्चिम लोकमार्गको समगण्डकी अस्पताल चोकदेखि चौविस कोठी चोकसम्म निषेधाज्ञा जारी गरिएको हो ।

त्यसै गरी उत्तरमा वाइपास सडकतर्फको आन्तरिक राजस्व कार्यालयको चोकदेखि भरतपुर अस्पताल पुरानो मेडिकल कलेज जाने चोक नारायणी मा.वि.चोक, कृषि ज्ञान केन्द्र हुँदै पूर्व पश्चिम लोकमार्गको चौविसकोठी चोकसम्म र दक्षिणमा वाइपास सडकतर्फको घरेलु कार्यालयको चोकदेखि दूरसञ्चार चोक हुँदै पूर्वपश्चिम लोकमार्गको समगण्डकी अस्पताल चोकसम्म निशेधाज्ञा जारी गरिएको हो । नयाँ पत्रीकाबाट

Related Articles

Back to top button
Close