समाचार

चितवनमा झडप, डिएसपीसहित ७ प्रहरी र प्रदर्शनकारी घाइते

चितवन । चितवनको भरतपुरमा आइतबार साँझ प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ। झडपमा परी प्रहरी नायब उपरीक्षक (डिएसपी) एक नारायण कोइरालासहित सात प्रहरी घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। केही प्रदर्शनकारी पनि घाइते भएको बताइएको छ।
आइतबार साँझपख चौबिसकोठी क्षेत्रमा प्रदर्शनकारीले प्रहरीमाथि ढुंगा प्र’हार गरेपछि झडप भएको कोइरालाले बताए। उनले आफू अस्पतालमा उपचारका क्रममा रहेकाले के कति क्षति भयो भन्नेबारे जानकारी नभएको बताए। झडपका क्रममा प्रहरीले आधा दर्जन बढी अश्रुग्याससमेत प्र’हार गरेको थियो

झडप भएपछि ठूलो संख्यामा प्रहरी परिचालन गरेको छ। प्रदर्शनकारीले सडकमा टायर बाल्नुका साथै केही गाडीमा तोडफोड पनि गरेका छन्। दिनभर शान्त रहेको भरतपुर साँझ परेसँग झडपमा परिणत भएको हो। पत्रकार शालिकराम पुडासैनी आत्मह’त्या प्रकरणमा पुछिएका टेलिभिजन कार्यक्रम सञ्चालक रवि लामिछानेसहित युवराज कँडेल र अस्मिता कार्कीलाई पुनः हिरासत फर्काएपछि प्रदर्शनकारी आक्रोशित बनेका हुन्। आइतबार बयान नसकिएपछि उनीहरू तीनैजनालाई प्रहरी हिरासतमै लगेको थियो।

जिल्ला अदालतका श्रेष्तेदार रुद्रमणि गिरीका अनुसार आइतबार पुडासैनीकी प्रेमिका भनिएकी अस्मिता कार्कीको बयान सकिएको र बाँकी रहेका रवि र युवराजको बयान भोलि बिहान १० बजेपछि लिइनेछ। आइतबार अस्मिताको अदातलका मुख्य न्यायाधीश हेमन्त रावलको इजलासमा लिखित बयान लिइएको थियो। बयान नसिएकाले उनीहरूलाई आइतबार प्रहरी हिरासतमा नै राखिने छ। सरकारी वकिलको कार्यालयले आत्मह’त्या दुरुत्साहनसम्बन्धी अभियोगपत्र आइतबार चितवन जिल्ला अदातलमा दर्ता गराएपछि बयान लिन सुरु भएको थियो। एउटै इजलासमा पालैपालो बयान लिइने भएकाले बयान लम्बिएको हो।

Related Articles

Back to top button
Close