समाचार

चितवनमा लाठीचार्ज र अश्रु ग्यास प्रहार

चितवन । चितवनमा लाठीचार्ज र अश्रु ग्यास प्रहार भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनबाट करिब पाँच सय मिटरको दूरीमा रवि लामिछानेका समर्थक र प्रहरीबीच झडप भएको हो । उक्त स्थितिलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले लाठी चार्जसँगै अश्रु ग्यास गरेको चितवन संवाददाता सूर्यप्रसाद अधिकारीले बताएका छन् ।

आ त्मह त्या दु रुत्साहन आरोपमा प क्राउ परेका न्यूज २४ मा कार्यरत पत्रकार रवि लामिछानेसहित तीनजनाविरुद्ध आज जिल्ला अदालत चितवनमा मुद्दा दायर भएको छ ।

तीनै जनालाई पत्रकार शालिकराम पुडासैनीको आ त्मह त्या दुरुत्साहन मुद्दामा साउन ३० गते प क्राउ गरेको थियो । पुडासैनी साउन २० गते चितवनको नारायणगढ बसपार्कस्थित कंगारु होटलमा झुण्डिएको अवस्थामा फेला परेका थिए ।

रवि लामिछानेको समर्थनमा साथ दिन चितवन जाँदै मेलिना राई
सालिकराम पुडासैनी प्रकरणमा अनुसन्धानको लागि न्यायिक हिरासतमा रहेका सञ्चारकर्मी रवि लामिछानेको समर्थनमा यतिबेला देशैभरबाट आमजनसागर सडकमा उत्रिरहेका छन् ।भर्खरै प्राप्त जानकारी अनुसार रवि लामिछाने विरुद्धको मुद्दा अदालतमा दर्ता भइसकेको छ, भने अब थुनचेक बहस हुनेछ ।

आज रवि लामिछानेको रिहाइको माग गर्दै चितवनमा अहिलेसम्मकै ठूलो भिड देखिएको छ । भिडिमा सामेल हुन काठमाडौंबाट चर्चित कलाकारहरु लगायत सञ्चारकर्मीहरु चितवन पुगेका छन् ।चर्चित लोकप्रिय गायिका मेलिना राई पनि रवि लामिछानेको समर्थनमा साथ चितवन जाने भएको छ , एक अनलाइनमा अन्तर्वार्ता दिँदै गायिका राईले देशको हिरो रवि दाइलाई हामी सबैले साथ दिनु पर्ने बताएका छन ।चितवनको पछिल्लो अवस्था अनुसार आज रवि लामिछानेरिहा हुने सम्भावना कम देखिन्छ । आशा गरौ !

Related Articles

Back to top button
Close