समाचार
रवि लामिछानेको समर्थनमा साथ दिन चितवन जाँदै मेलिना राई
काठमाडौं / सालिकराम पुडासैनी प्रकरणमा अनुसन्धानको लागि न्यायिक हिरासतमा रहेका सञ्चारकर्मी रवि लामिछानेको समर्थनमा यतिबेला देशैभरबाट आमजनसागर सडकमा उत्रिरहेका छन् ।भर्खरै प्राप्त जानकारी अनुसार रवि लामिछाने विरुद्धको मुद्दा अदालतमा दर्ता भइसकेको छ, भने अब थुनचेक बहस हुनेछ ।
आज रवि लामिछानेको रिहाइको माग गर्दै चितवनमा अहिलेसम्मकै ठूलो भिड देखिएको छ । भिडिमा सामेल हुन काठमाडौंबाट चर्चित कलाकारहरु लगायत सञ्चारकर्मीहरु चितवन पुगेका छन् ।चर्चित लोकप्रिय गायिका मेलिना राई पनि रवि लामिछानेको समर्थनमा साथ चितवन जाने भएको छ , एक अनलाइनमा अन्तर्वार्ता दिँदै गायिका राईले देशको हिरो रवि दाइलाई हामी सबैले साथ दिनु पर्ने बताएका छन ।चितवनको पछिल्लो अवस्था अनुसार आज रवि लामिछाने रिहा हुने सम्भावना कम देखिन्छ । आशा गरौ !