समाचार

हजारौ सर्वसाधारण रविको रिहाइको कामना गर्दै अदालत बाहिर बसेका बेला, चितवन अदालतबाट आयो यस्तो खबर

पत्रकार शालिकराम पुडासैनीको दुरुत्साहन अभियोगमा पक्राउ परेका संचारकर्मी रवि लामिछाने सहित तीनजना विरुद्ध आज चितवन जिल्ला अदालतमा अभियोगपत्र दायर भएको छ । चितवन प्रहरी र केन्द्रीय अनुसन्धान व्यूरो (सिआइबी)को टोलीले अनुसन्धान पुरा गरेपछि संचारकर्मी रवि लामिछाने, युवराज कँडेल र रुकु भनिने अस्मिता कार्कीविरुद्ध सरकारी वकिलको कार्यालयले चितवन जिल्ला अदालतमा अभियोगपत्र दायर गरेको हो । जिल्ला न्यायधिवक्ता यदु शर्माले प्रहरीको अनुसन्धानबाट प्राप्त सम्पूर्ण विवरण अध्ययन पश्चात चितवन जिल्ला अदालतमा अभियोगपत्र दायर गरिएको हो ।अब केहीबेरमै यो मुद्दामा थुनछेक बहस सुरु हुनेछ।

बहस आइतबार नै सकिए थुनछेकको आदेश बेलुकासम्ममा आउने छ। यसमा कति जना वकिलले बहस गर्नेछन् भन्नेले पनि आइतबार नै आदेश आउने -नआउने भरपर्ने छ। दिउँसोसम्म अदालतमा अभियोग पत्र पेश भइनसकेकाले आइतबार नै थुनछेकको आदेश आउने सम्भावना कम देखिन्छ। थुनछेकको आदेशले पुर्पक्षका लागि थुनामा राख्ने वा साधारण तारेखमा छाड्ने वा धरौटीमा छाड्ने मध्ये एउटा आदेश गर्ने छ।सो मुद्दाको अनुसन्धान जिल्ला प्रहरी कार्यालय चितवनका इन्सपेक्टर दयाकृष्ण भट्टले हेरेका थिए । उनलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले सहयोग गरेको थियो ।

पुडासैनी प्रकरणमा लामिछानेसँगै सञ्चारकर्मी युवराज कँडेललाई पानीपोखरीस्थित न्युज २४ कार्यायलबाट प्रहरीले पक्राउ गरेको थियो । भने, रुकु भनिने अस्मिता कार्कीलाई सोही दिन कलंकीबाट पक्राउ गरेको थियो ।पत्रकार पुडासैनी साउत २० गते नारायणगढस्थित कंगारु होटलमा झु ण्डि एको अवस्थामा मृ त फेला परेका थिए । आ त्मह त्या गर्नुअघि पुडासैनीले खिचेको एक भिडियोमा लामिछाने, कँडेल र कार्कीले मर्न बाध्य पारेको बताएका थिए ।

Related Articles

Back to top button
Close