समाचार

रवि लामिछानेलाई रिहाइको माग गर्दै चितवनमा अहिलेसम्मकै ठूलो भीड

काठमाडौं । सञ्चारकर्मी रवि लामिछानेको रिहाइको माग राखेर चितवनमा अहिलेसम्मकै रविका समर्थकहरु जम्मा भएर नाराबाजी गरिरहेका छन् । ११ दिनदेखि प्रहरीको न्यायिक हिरासतमा रहेका रविसहित युवराज कँडेल र अस्मिता कार्कीलाई थप कानुनी प्रक्रिया पूरा गर्न चितवन जिल्ला अदालतमा लगिएको छ । आइतबार उनी रिहा हुने आशमा चितवनमा जम्मा भएका रविका समर्थकलाई निषेधित क्षेत्र तोडेर प्रदर्शन गर्न थालेपछि प्रहरीले उनीहरुलाई तितरवितर पारेको छ ।

पत्रकार शालिकराम पुडासैनीको रहस्यमय निधन प्रकरणमा अनुसन्धानका लागि गएको साउन ३० गते प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान प्रक्रिया अघि बढाएको थियो । अदालतबाट दुईपटक गरी दिएको १० दिनको म्याद शनिबार रातिबाट सकिएसँगै अहिले उनीहरुलाई फेरि अदालत लगिएको छ ।

यद्यपी प्रहरीले उनीहरुविरुद्ध ५ वर्ष जेल सजाय र ५० हजार जरिवानाको माग गर्दै अभियोग पत्र दर्ता गर्ने तयारी गरेको छ । प्रहरीको कारबाहीविरुद्ध र रवि लामिछानेको रिहाइको माग गर्दै अहिले भइरहेको प्रदर्शनलाई तितरवितर पर्दा केही रवि समर्थक घाइते भएका छन् ।

Related Articles

Back to top button
Close