समाचार

चितवनमा रबि समर्थक र प्रहरीबीच झडप, प्रहरीले बर्सायो लाठी

भदौमा ८काठडौं/ चितवनमा कार्यक्रम सिधा कुरा जनतासंगका प्रस्तोता रवि लामिछानेका समर्थकमाथि प्रहरीले लाठीचार्ज गरेको छ । पत्रकार शालिकराम पुडासैनी प्रकरणमा पक्राउ परेका रवि लामिछाने निर्दोष रहेको दाबीसहित रिहाइको माग गर्दै प्रदर्शनमा उत्रेका समर्थ कमाथि प्रहरीले लाठीचार्ज गरेको हो ।

सो क्रममा केही प्रदर्शनकारी सामान्य घाइते भएका छन् । चितवनमा रवि लामिछाने समर्थकहरु दिनहुँ प्रदर्शन गरिरहेका छन् । आज अरु दिन भन्दा ठूलो संख्यामा समर्थकहरु प्रदर्शनमा उत्रेका छन् ।

उता टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेसहित तीनै जनाविरुद्ध आ त्मह त्या दुरुत्साहनसँग सम्बन्धित मुद्दाको फाइल सरकारी वकिलको कार्यालयमा पेस भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले उनीहरुमाथि अनुसन्धान गरेर सरकारी वकिलको कार्यालयमा आइतबार फाइल पेस गरेको हो । अब उनीहरुविरुद्ध थुनछेक बहस हुने छ । बहसपछि उनीहरुलाई थुनामै राख्ने कि धरौटी वा साधारण तारेखमा छाड्ने भन्ने निर्णय हुनेछ ।

Related Articles

Back to top button
Close