रबि लामिछाने छुटेको खबर सुन्न आतुर विजय लामा,यस्तो छ उनको कामना।
पत्रकार रबि लामिछाने र उनका साथीलाई आज अदालतमा पेस गर्दै छ । धेरैले उनीहरू आज छुट्नेमा आशावादी रहेका छन् भने धेरैले कामना समेत गरेका छन्
यसै अवसरमा कलाकार तथा पाइलट विजय लामाले समेत यस्तै कामना गरेका छन् हेरौ उनले लेखेको यो भनाइ रबि लामिछाने भाइको आज रिहाइ हुन्छ भन्ने खबर जताततै समाचार बनेको छ र यस्ले सबैलाई खुसी बनाएको छ! एक बिहानै देखि सबैलाई आतुर भैसक्यो त्यो खुसिको छण सुन्न अनि हेर्नका लागि!
देश बिदेश सबैतिर बाट आज एउटै आवाजका साथ न्यायको लागि उर्लिएको कुरामा दुइचार जनाले जनता भेडाहरु जस्तो हो भन्ने लाई प्रस्न राख्न चहान्छु!!
के हिजो देशमा प्रजातन्त्र ल्याउन यसरी नै उठेका थिएनन जनता? बिर्सिएको हो?
सन्सार भरी परिवर्तन ल्याउनको लागि जनताको सागरनै उठेका हुन कि दुइ चार जना मात्रै?
हिजो जनताको साथ चाहिन्छ भन्नेहरुले आज जनतालाइ भेडा भन्न मिल्छ?
देश र जनता भन्दा माथी कोहि पनि हुन सक्दैन!!! चेतना भया!!!
जनताको लागि समर्पित योद्धा!
गरिब दुखिको आशाको किरण!
निडर अनि स्वच्छहरुको आवाज!
पीडितहरुको लागि सहयोगी हाथ!
भ्रष्टाचारीहरुको लागि यमराज…..रबि लामिछाने!
जय चन्द्र सुर्य!!