समाचार

थप संकटमा पर्दै रवि लामिछाने : आज फेरि अदालत लगिँदै, ५ वर्ष जेल सजाय हुनसक्ने

काठमाडौं । अहिले चर्चामा रहेको शालिकराम पुडासैनी प्रकरण थप जटिल मोडमा पुगेको छ । सञ्चारकर्मी पुडासैनीलाई जीवनत्याग गर्न दुरुत्साहन गरेको अभियोगमा पक्राउ परेका टेलिभिजन कार्यक्रम ‘प्रस्तोता रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्की’ लाई आज फेरि अदालतमा पेश गरिँदैछ ।

उनीहरुलाई हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले दोश्रोपटक थप गरेको ५ दिनको समय सकिएपछि तीनै जनालाई सरकारी वकिल कार्यालयमार्फत अदालतमा पेश गर्न लागिएको हो । उनीहरुलाई अझै हिरासतमा राख्नेगरी म्याद थप गर्न माग गरिने वा मुद्दा दायर गरिने भन्नेबारे भने टुंगो लागिसकेको छैन ।

अनुसन्धान सकिएको वा बाँकी नै रहेको भन्नेबारे चितवन प्रहरीले केही बताएको छैन । चितवनका प्रमुख, प्रहरी उपरीक्षक दानबहादुर मल्लले भन्नुभयो, ‘हामी सरकारी वकिललाई बुझाउँछौँ । यो विषयमा अरु केही भन्न मिल्दैन ।’ रविको तर्फबाट बयान गर्दै आएका कानुन व्यवसायीले भने बयानको कुन व्यहोराले म्याद थप गर्नुपर्ने हो भन्ने स्पष्ट नभएको भन्दै फेरि हिरासतमै राखिरहनुपर्ने कारण नभएको बताउँदै आएका छन् ।

घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयले प्रहरी नायब उपरीक्षकको नेतृत्वमा अनुसन्धान टोली खटाएको छ । अनुसन्धानमा सहयोग गर्न काठमाडौंबाट प्रहरीको विशेष अनुसन्धान टोली पनि चितवन पुगेको छ । काठमाडौंबाट गएको चारजनाको टोलीले जिल्लाको अनुसन्धान टोलीलाई प्राविधिक लगायतका विषयमा अनुसन्धानका लागि सहयोग गर्ने चितवनका प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले जानकारी दिनुभयो ।

गत साउन २० गते राति नारायणगढको होटल कङ्गारूमा मृत अवस्थामा पुडासैनीको लाश भेटिएको थियो । शालिकरामले जस्वनत्याग गर्नुपुर्व रेकर्ड गरेको भिडियो सार्वजनिक भएको भोलिपल्ट लामिछाने, कँडेल र कार्कीलाई काठमाडौंबाट पक्राउ गरि चितवन लगिएको हो ।

भिडियोमा उनले तीनैजनाले आफूलाई जीवनत्याग गर्न बाध्य बनाएको दाबी गरेका थिए । यदी जीवनत्याग गर्न दुरूत्साहन दिएको कसुर प्रमाणित भए मुलुकी अपराध संहिताअनुसार पाँच वर्षसम्म कैद र ५० हजार रूपैयाँसम्म जरिवाना हुन सक्छ । यता रवि सर्मथकहरु लगातार देशकाम विभिन्न जिल्लाहरुमा आन्दोलन चर्काइरहेका छन् ।

Related Articles

Back to top button
Close