‘माग्ने बुढा’ले लेखे,‘कसैको नुन खाएको छैन, रविको पक्षमा खुलेर साथ दिन्छु’
काठमाडौं– हास्य कलाकार केदार घिमिरे ‘माग्ने बुढा’ शालिकराम पुडासैनी प्रकरणमा अनुसन्धानका लागि धुनामा रहेका रवि लामिछानेको समर्थनमा खुलेरै साथ दिने बताएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा स्टेटस लेख्दै माग्ने बुढाले आफू सत्यको पक्षमा रहेको र रवि लामिछानेलाई खुलेर साथ दिने बताएका हुन् ।
उनले फेसबुक स्टेटसमा लेखेका छन्, ‘आजसम्म कुनै निर्णय बाहिर नआएको र भित्रै राखेर अल्झाइरहने अवस्था देखिएकोले रवि दाईलाई बचाउने अभियानमा खुलेर साथ दिने निर्णय गरियो । (सालिक राम पुडासैनी परिवार पनि न्याय पाउनुपर्छ ) मातृभूति, आमा, स्वधर्म र सत्य यी चार कुरामा समर्थन गर्नुपर्दछ । गाली र गाली दुवै स्वीकार्य छ । (नोट : कसैको नून खाएको छैन) ।
रवि लामिछानेकी पत्नी निकिता पौडेल लामिछानेको फेसबुक मार्फत लेखिएको स्टाटसमा भनिएको छ सम्भवत : सम्माननीय अदालतले (आईतबार ) मलाई प्रारम्भिक न्याय दिनेछ ।यो १० दिनको दौरानमा विश्व भरि छरिएर रहनु भएका सम्पूर्ण आमा बुबा, दाजु भाई तथा दिदी बहिनी सहित सम्पूर्ण ब्यक्तित्वहरुले न्या*यका निम्ति आवाज उठाउँदै साथ सहयोग र समर्थन गरिदिनु भएकोमा हृ*दय देखि आभार ब्यक्त गर्दछु ।
आजसम्म कुनै निर्णय बाहिर नआएको र भित्रै राखेर अल्ल्झाईरहने अबस्था देखिएकोले रबि दाईलाई बचाउने अभियानमा खुलेर साथ दिने…
Gepostet von Kedar Prasad Ghimire am Samstag, 24. August 2019