समाचार

रवि लामिछाने आज छुट्ने ! समर्थकलाई दिए यस्तो सन्देश

काठमाडौं– माउण्टेन टेलिभिजनका पत्रकार शालिकराम पुडासैनी प्रकरणमा हिरासतमा रहेका टेलिभिजन प्रस्तुतकर्ता रवि लामिछानेले अनुसन्धानलाई सघाइरहेको बताएका छन् ।

दोस्रो पटक म्याद थपेको समय सकिएपछि प्रहरीले आज उनलाई अदालत लैजाँदैछ । तर, शनिवार साँझ उनले पत्नीको फेसबुकमार्फत प्रहरीको अनुसन्धानलाई सघाइरहेको र पूर्ण रुपमा सघाउने बताउदै न्याय नमरेको बताएका छन् ।

रवि लामिछानेसहित तीन जनालाई गत मंगलबार चितवन जिल्ला अदालतले आजसम्मका लागि हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको थियो ।

‘प्रहरीको अनुसन्धानलाई सघाईरहेको छु । पूर्ण रुपमा सघाउँने छु । न्याय अझै मरेको छैन । सम्भवतः सम्माननीय अदालतले भोलि (आईतबार) मलाई प्रारम्भिक न्याय दिनेछ ।

यो १० दिनको दौरानमा विश्व भरि छरिएर रहनु भएका सम्पूर्ण आमा बुबा, दाजु भाई तथा दिदी बहिनी सहित सम्पूर्ण ब्यक्तित्वहरुले न्यायका निम्ति आवाज उठाउँदै साथ सहयोग र समर्थन गरिदिनु भएकोमा हृदय देखि आभार ब्यक्त गर्दछु,’ उनले भनेका छन् । प्रहरीले आज तिनै जनालाई अदालत लैजाने छ ।

Related Articles

Back to top button
Close