पत्रकार पुडासैनी ‘आ त्मह त्या’ प्रकरणः ‘गलफ्रेन्ड’ भेट्न कोठा भाडामा
चितवनको कंगारु होटलमा झु न्डिएको अवस्थामा मृ त भेटिएका माउन्टेन टेलिभिजनका पत्रकार शालिकराम पुडासैनीले ‘गलफ्रेन्ड’सँग भेट्न छुट्टै कोठा लिएको नयाँ तथ्य भेटिएको छ।श्रीमती सम्झना घिमिरेसँग बालाजु माछापोखरीमा कोठा लिएर बस्ने पुडासैनीले बिदा र फुर्सदको समयमा प्रेमिकालाई भेट्न टोखा नगरपालिका वडा नं. ११ महादेवटारकी गोमा न्यौपानेको घरमा कोठा भाडामा लिएको फेला परेको हो।
महानगरीय प्र हरी परिसरको टोलीले पुडासैनीको कोठाबाट पुडासैनी र उनकी प्रेमिकाको फोटोसहित केही कागजात बरामद गरेको छ। प्रहरीले टोखा नगरपालिका वडा नं. ११ का वडाध्यक्ष उत्तम अधिकारीको रोबहरमा गत बिहीबार कोठा खोलेर खानतलासी गरेको थियो।पुडासैनीले एकजना केटीसँग खिचेको फोटो, लालपुर्जा, सेयर प्रमाणपत्र, सुन किनेको बिललगायत सामग्री बरामद गरेको रोबहरमा बसेका वडाध्यक्ष अधिकारीले बताए। यो समाचार आजको नागरिक दैनिकमा दिलीप पौडेलले लेखेका छन् ।