समाचार

काठमाडौंमा रविको पक्षमा भव्य प्रदर्शन

काठमाडौं– टेलिभिजन प्रस्तोता रवि लामिछानेको पक्षमा काठमाडौंमा वृहत प्रदर्शन भएको छ ।
चितवन प्रहरीको हिरासतमा रहेका लामिछानेको रिहाइको र न्यायको लागि भन्दै उनका समर्थकले राजधानीको नयाँ बानेश्वरमा प्रदर्शन गरेका हुन् । उनीहरुले लामिछानेको निशर्त रिहाइको माग गरेका छन् । यसअघि भएका भन्दा आजको प्रदर्शनमा रविका समर्थकको उल्लेख्य उपस्थिति थियो।

वानेश्वरमा रविको पक्षमा जम्मा भएकाहरुले निर्दोश व्यक्तिलाई फसाउन खोजेको आरोप लगाए ।
लामिछानेलाई प्रहरीले भोलि आइतवार अदालतमा पेश गर्दैछ । त्यसअघि चितवनसहित देशका विभिन्न स्थानमा रविको निशर्त रिहाइको माग गर्दै प्रदर्शन भएको हो ।पूर्व सहकर्मी शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा रविसहितका तीन जनामाथि प्रहरीले अनुसन्धान गरिरहेको छ । तर रविका समर्थकले भने भ्रष्टाचार वेथितिबारे बोल्ने लामिछानेलाई फसाउन खोजिएको भन्दै पक्राउको विरोध गरिरहेका छन् ।

Related Articles

Back to top button