समाचार

पुडासैनी प्रकरणमा रवि पत्नी निकिता माथि सोझियो, प्रहरीले थाल्यो कारवाहीको तयारी

नुवाकोटका पत्रकार शालिकराम पुडासैनी प्रकरणको दुई साता समय गुज्रिसकेको छ । यसबीच थप नयाँ घ टना तथा परिघटनाहरु पनि देखिएका छन् । यसै प्रकरणमा छानबिनका क्रममा चितवन प्रहरीको हिरासतमा रहेका टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने पत्नी निकिता पौडेलमाथि पनि छानबिन गर्न थालेको छ । केही दिनअघि रविलाई हिरासतमा खाना खुवाउन भनेर गएका बेला रविको ‘भ्वाइस रेकर्ड’ गरेर सार्वजनिक गरेको आरोपमा उनीमाथि छानबिन हुने भएको हो । सार्वजनिक भएको अडियो रेकर्डमा रविले चितवनका एसपी दानबहादुर मल्लले पूर्वाग्रही भएर छानबिन गरेको आरोप लगाइएको छ ।

रविले मृ तक पत्रकार पुडासैनीका परिवारलाई मल्लले बोलाएर आफूविरुद्ध हिटानी जाहेरी दिन लगाएको पनि उल्लेख गरेका छन् । प्रहरी अनुसन्धानमा रहेका व्यक्तिले प्रहरी, सरकारी वकिल र अदालतमा बयान दिने क्रममा बाहेक सार्वजनिक रुपमा आफूमाथि लागेको अभियोगबारे बोल्न मिल्दैन । तर, गैरकानूनी रुपमा प्रतिबन्धित काम गरेको भन्दै प्रहरीले निकितामाथि अनुसन्धान गर्ने भएको हो । निकिताले खाना खुवाउने क्रममा रविको अडियो रेकर्ड गरेर बाहिर दिएको पुष्टि भएको चितवन प्रहरीका एक अधिकारीले जानकारी दिएका छन् ।अनुसन्धान प्रभावित पार्ने नियतले प्रतिबन्धित काम गरेको अभियोगमा छानबिन थाल्ने जनाइएको छ । यो बीचमा एक जना अर्का पत्रकार टेक नारायण भट्टराईले पनि अडियो बाहिर ल्याएका छन् ।

Related Articles

Back to top button
Close