मनोरंजन

आज लोकप्रिय गायिका शान्ति श्रीको जन्म दिन,यो वर्ष जस्तै अबका दिन पनि फलोस् फुलोस शुभकामना

आज लोकप्रिय गायिका शान्ति श्रीको जन्म दिन,यो वर्ष जस्तै अबका दिन पनि फलोस् फुलोस शुभकामना
नेपाली लोकदोहोरीकी चर्चित गायिका शान्ती श्रीको आज जन्म दिन । जन्म दिनको अवसरमा नेपाली माटो परिवारको तर्फबाट धेरै धेरै शुभकामना ।
शान्तिको लागी यो वर्ष निकै सफल वर्ष रहृयो । गलबन्दी जस्तो सुपर हिट गीतले उनको उचाइ रोल्पा बाट विश्वमा चिनाउन अझ धेरै भूमिका खेल्यो ।

निकै मिलनसार अनुशासित र मेहनती गायिका भित्र पर्ने शान्तिलाई साङ्गीतिक क्षेत्रमा घर छ तीन तले गीतले हिँड्न सिकायो तथा एकतर्फी मायाले उचाइ दिलायो ।तीजको गीत मार्फत पनि शान्तिको लोकप्रियता झन् झन् चुलियो भने बोल माया गीतले त उनलाई सबैको प्रियनै बनायो ।

पारिवारिक रुपमा पनि निकै खुसी रहेकी शान्तिले आफ्नो जन्म गाउँ रोल्पालाई निकै माया गर्ने बताउँछिन् ।
शान्तिले अहिले हासिल गरेको उचाइ कहिल्यै पनि नघटोस् हाम्रो कामना यही छ ।

Related Articles

Back to top button
Close