समाचार

आज काठमाडौंसहित यी जिल्लामा बाढी आउने सम्भावना:सचेत रहन आग्रह

आज (शनिबार) काठमाडौं उपत्यकासहित विभिन्न जिल्लाका नदी/खोलामा बाढी आउने सम्भावना रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाले शनिबार बिहान जारी गरेको सूचनाअनुसार आज आज कमला, वाग्मती, पश्चिम राप्ती र बबई नदीको बहाव सतर्कता तहसम्मै पुग्ने सम्भावना छ।

यसैगरी काठमाडौं उपत्यकासहित सिन्धुली, ओखलढुंगा, रामेछाप, रसुवा, रुकुम, रोल्पा, सल्यान, प्युठान, डोटी, अछाम, कालिकोट र आसपास भई बहने नदीमा बहाव बढ्ने सम्भावना छ।

यसैकारण उक्त नदी तटीय क्षेत्रमा रहनेहरूलाई सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ।

Related Articles

Back to top button
Close