समाचार

को हुन् आचार्य बालकृष्ण ?

एजेन्सी । आचार्य बालकृष्णलाई शुक्रबार हृदयघात भएसँगै उनी अहिले भारतको ऋषिकेशस्थित एम्स अस्पतालमा उपचारत छन् । पतञ्जली आयुर्वेदका प्रबन्ध निर्देशक आचार्य विश्वकै धनी व्यक्तिमध्येमा आफ्नो नाम राख्न सफल छन् ।

उनै आचार्यको जन्म सन् १९७२ अगस्ट ४ मा नेपालको स्याङ्जा जिल्लामा भएको थियो । उनको आमा सुमित्रा हुन् भने बुबा जय बल्लभ हुन् । उनले संस्कृत भाषामा आयुर्वेदिक औषधी तथा जडीबुटीको ज्ञान प्राप्त गरे ।

उनको जन्म दिनलाई पतञ्जली योगपीठसँग सम्बन्धित व्यक्तिहरु ‘जडीबुटी दिवस’ को रुपमा मनाउने गर्छन् । उनी नेपाली मुलका व्यक्ति हुन् । उनले योग तथा आयुर्वेदिक क्षेत्रमा कैयौं सम्मान तथा पुरस्कार प्राप्त गरेका छन् । उनी पतञ्जलीको क्षेत्रमा विभिन्न पदमा रहेका छन् ।

–बालकृष्ण पतञ्जली योगपीठ विश्वविद्यालय हरिद्वारका कुलपति – पतञ्जली ट्रस्टका महासचिव – पतञ्जली रिसर्च फाउन्डेशनका महासचिव – पतञ्जलीका प्रवन्धक एवं अध्यक्ष – पतञ्जली फुड तथा हर्वल पार्कका प्रबन्ध निर्देशक

 

Related Articles

Back to top button
Close