समाचार

प्रधानमन्त्री ओलीलाई भतिजको पत्र: रविलाई रिहा गरिदिनुस् हजुरको कद उचाे हुनेछ

देवेन्द्र ओलीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई काका सम्बोधन गरेर लेखेको सार्वजनिक पत्र :

आदरणीय काका, यस्तो समयमा सबै जनताको अपार माया र आशिर्बादको खाचो छ हजुरलाई। बिरोधी वा बिपक्षी दल वा कुनै भुपु शक्ती संग आबद्ध दलका कार्यकर्ता नेता पनि यही देशका नागरिक हुन। उनिहरुलाई होच्याएर, चि*ढ्याएर, अ*पमान गरेर नत हजुरको स्वास्थ्य राम्रो हुने हो नत देशमा सम्बृद्धी नै आउने हो। हजुर नेपालको सबै जनसंख्या र बिदेशमा रहेका उनिहरुका परिवार को अभिभावक पो हो त।

आ*लोचना र बि*रोध गरेकै भरमा अस*हिष्णु बन्नु पक्कै पनि राजनेतालाई सुहाउदैन। देश र जनतालाई प्रतक्ष्य राहत हुने गरी कार्ययोजनालाई अगाडी बढाई, अरु केही चाहिदैन वाईड बढी घोटला ,सुनका*ण्ड र निर्मला पन्तको वास्तविक अ*परा*धीलाई का*रबाही गरी देशमा शुसासन शुरु भएको संदेश मात्र दिनुहोस हजुर को क्रेज र महत्व नाकाब*न्दिको समयको भन्दा कैयो गुणा बढी हुनेछ। अझ सक्नुहुन्छ भने चितवन त फोन गरेर रबि लामीछाने लाई रिहा गराईदिनु भयो भने हजुरको अझ कद उचो हुनेछ। यती मात्र होईन धमिलो पानिमा माछ मार्न सकिन्छ की भनेर जुरमुर्याउदै गरेका प्रतिग*मनकारीहरुले नि ठाउ पाउने थिएनन।

उपचारको लागी सिंगापुर जादै हुनुहुन्छ पुर्ण रुपमा स्वास्थ्य लाभ को कामना गर्दछु। हजुर फर्कदा हजुरको स्वास्थ्य र देशको अवस्था दुबैमा पुर्ण सवल र सक्षम बनोस । शुभयात्रा!

– देबेन्द्र ओली, झापा गापा– ६, झापा।

Related Articles

Back to top button