समाचार

‘अब त मलाई पनि ड*र लाग्न थाल्यो, हि*रासतभित्रै रविलाई केही भयो भने जिम्मा कसले लिन्छ ?’ डा. केसी

काठमाडौं। न्युज २४ टेलिभिजनका कार्यक्रम प्रस्तोता रवि लामिछानेको रि हाइको माग गर्दै अहिले चितवन र काठमाडौमा समर्थकहरु सडकमा ओर्लिएका छन् भने रवि लामिछानेसहित युवराज कँडेल र अस्मिता कार्कीलाई जिल्ला अदालत कार्यालय चितवनमा पुर्याइएको छ । उनीहरुलाई प्रहरीले अदालतवाट थप पाँच दिनको म्याद थपेर हि रासतमा राखेको छ ।

रवि लामिछानेलाइ ‘डा इङ डि क्लेरेसन’ का आधारमा अनुसन्धानको लागि हि रासतमा राखिएको हो । पत्रकार सालिकराम पुडासैनीको ‘डा इङ डि क्लेरेसन’ को आधारमा के रविलाई का रवाही हुन्छ कि अनुसन्धान पछि छुट्छन भन्ने कौतुहलता सबैमा बढी रहेको छ ।

यहि बिषयमा केन्द्रित रहेर राजनीतिक विश्लेषक डाक्टर सुरेन्द्र केसीले एक युट्युव च्यानलमा अन्तर्वार्तामार्फत आफ्नो धारणा व्यक्त गरेका छन् । उनले रवि लामिछाने माथि यो बेलामा कुनै अपृ य घ टना भयो भने नेपाल प्रहरी माथि झन विश्वास गुम्ने बताए । उनले होटल साहु, होटलको सीसीटीभी क्यामेराका बारेमा पनि अनुसन्धानको घेरामा ल्याइनुपर्ने बताए ।

डाक्टर सुरेन्द्र केसीले चर्को स्वरमा यो विषयमा बोल्दै भन्छन्, भ्रष्टाचार विरुद्ध बोल्ने, अन्यायका विरुद्ध आवाज उठाउने अब सबै अप्ठेरोमा पर्ने अवस्था आएको उनको बताए । उनले भने, भोलि म पनि फस्छु कि भन्ने डर पो भयो यो घ टनाले को तरिका हेर्दा । रवि माथि अनुसन्धान हुन्छ तर त्यो भिडियो नै आधार मानेर कार वाही भने गर्नु गलत हुने उनको तर्क छ । सहि तरिकाले अनुसन्धान हुनपर्छ र अनुसन्धान अनुरुप अगाडी बढ्नु पर्ने हुन्छ तर नेपाल हो यहा जे पनि हुन्छ । भोलि कसैले मेरो नाम लिएर यस्तै भिडियो बाहिर निकालेर यस्तो दु र्घटना गर्यो भने म जस्तो सर्वसाधारणको के हालत होला ? अब सत्यको लागि बोल्न पनि डर पो हुने भयो त ।

भिडियोलाई नै आधार मानेर कारवाही गर्न चाहि नमिल्ने तर अनुसन्धान सहि तरिकाले गरेमा मुख्य अवियुक्त पक्राउ उनको दावी छ। उनी भन्छन्, रवि मात्र होईन नेपालमा ठूला-ठूला मानिसलाई पनि यसरी अनुसन्धानको लागि लगिएको छ र अहिले आत्तिनु पर्ने अवस्था छैन तर अनुसन्धान कसरी हुन्छ र प्रभावमा हुने हो कि भन्नेले आउने दिन निर्धारण गर्छ । उनले डाक्टर केसीले सहि तरिकाले अनुसन्धान गरेमा रवि लामिछानेले न्याय पाउन सक्ने कुरा उल्लेख गरे ।

Related Articles

Back to top button
Close