समाचार

केपी ओलीका हर्कतले नेकपामा पहिरो, दर्जन नेता कार्यकर्ता कांग्रेसमा प्रवेश

पाँचथर – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारका हर्कतबाट असन्तुष्टि भएर जिल्लामा नेकपाका एक दर्जनभन्दा बढी कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।नेपाली कांग्रेस फाल्गुनन्द गाउँपालिका–६ द्वारा बिहीवार मेहेलबोटेमा आयोजित कार्यक्रममा नेकपाका कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका हुन् ।

कांग्रेस प्रवेश गर्नेमा मानबहादुर आङदेम्बे, अरुणकुमार आङदेम्बे, चन्द्रशेर आङदेम्बे, सुरबहादुर कुरुम्वाङ, टिकाबहादुर आङदेम्बे, मनप्रसाद आङदेम्बे, साल्हाङ आङदेम्बे र विक्रम आङदेम्बे रहेका छन् ।नवप्रवेशीलाई नेपाली कांग्रेस पाँचथर जिल्ला सभापति नरेन्द्रकुमार केरुङ, सचिवद्वय रुपनारायण जवेगु र वृजहाङ आङदेम्बे, नेविसंघ जिल्ला उपाध्यक्ष धनकुमार लावती, संगठन विभाग सदस्य विजयहाङ आङदेम्बे लगायत नेताहरूले स्वागत गरेका छन् ।

वडा सभापति बेदप्रसाद रिजालको सभापतित्वमा सम्पन्न कार्यक्रममा कांग्रेस जिल्ला सचिव बृजहाङ आङदम्बे र पुराना नेता तथा समाजसेवी मेदिनीप्रसाद रिजाल, वडाध्यक्ष नारायण आङदेम्बे लगायतले बोलेका थिए । कम्युनिस्ट सरकारका गलत कामका कारण नेकपामा असन्तुष्टि बढ्दै गइरहेको छ ।

Related Articles

Back to top button
Close