समाचार

रवि लामिछाने ‘असुरक्षित’ भएपछि आईजीपी खनाल नै पुगे चितवन, के भयो कुराकानी ?

काठमाडौं – अप राध मु द्दामा चितवन प्रहरीको हिरासतमा रहेका टेलिभिजन प्रस्तोता रवि लामिछानेले आफू असुरक्षित रहेको बयान दिँदै हिँडेपछि प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालले चितवन पुगेर उनलाई भेटेका छन् ।आईजीपी खनालले लामिछानेसँगै पत्रकार युवराज कँडेललाई समेत भेटेका छन् । महानिरीक्षक खनालले शुक्रबार दिउँसो चितवन प्रहरीको हिरासतमा रहेका रवि र युवराजलाई भेटेको छन् ।

प्रहरी अधिकारीका अनुसार चितवन हुँदै पश्चिमी क्षेत्रका प्रहरी कार्यालयको भ्रमणमा निस्केका उनले हिरासतमा रहेका दुवैलाई भेटेर अनुसन्धानमा सघाउन आग्रह गरेका छन् ।भेटका क्रममा खनालले रविलाई असुरक्षित भएको महसूस नगर्न समेत आग्रह गरिएको छ । खनालले असुरक्षित भएको महसूस भएमा आफूलाई खबर गर्न लामिछानेलाई आग्रह गरेका नेपाल प्रहरीका केन्द्रीय सहप्रवक्ता उत्तमराज जोशीले बताए ।

चितवन प्रहरीको निरीक्षण भ्रमणका क्रममा खनालले हिरासत कक्षको निरीक्षण गरेका थिए । त्यही क्रममा उनले रवि र युवराजलाई भेटेका छन् ।कार्यक्रम ‘सिधा कुरा जनतासँग’का प्रस्तोता लामिछाने र पत्रकार कँडेल शालिकराम पुडासैनी प्रकरणमा अनुसन्धानका लागि हिरासतमा परेका छन् ।पत्रकार पुडासैनीको गत साउन २० मा चितवनको नारायणगढ बसपार्कस्थित होटल कंगारुमा झुण्डिएको अवस्थामा भेटिएका थिए ।शुक्रबारै महानिरीक्षक खनालले नवलपरासी प्रहरीको पनि निरीक्षण गरेको नेपाल प्रहरीका सहप्रवक्ता उमेशराज जोशीले बताएका छन् ।

Related Articles

Back to top button
Close