समाचार

हिरासतमा रहेका रवि लामिछानेले यसो भने…

काठमाडौँ । पत्रकार शालिकराम पुडासैनीको आ त्मह त्याको अनुसन्धानको क्रममा हिरासतमा रहेका टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेसँगको अन्तर्वार्ता बाहिर आएको छ । भदौ ४ गते बुधबार बिहान पत्रकार टेकनारायण भट्टराईले लामिछानेसँग लिएको अन्तर्वार्ता पत्रकार भट्टराईकै युट्युव च्यानलमा शुक्रबार दिउँसो अपलोड भएको छ ।अन्तर्वातामा रवि लामिछानेले आफूले केही गल्ती नगरेको भए पनि म्याद थपेर आफूलाई फसाउन खोजेको बताएका छन् । त्यस्तै, शालिकरामले आ त्मह त्या अघि रेकर्ड गरेको भिडियो कसरी चोरी भयो भने प्रश्न समेत गरेका छन् । अनुसन्धान आफूलाई फसाउनेतर्फ केन्द्रित भएको भन्दै लामिछानेले एसपी दानबहादुर मल्लको अन्डरमा भएको अनुसन्धानमाथि अविश्वास प्रकट गरेका छन् ।

अन्तर्वार्तामा रविले बोलेको कुरा ‘अस्मितालाई चिनाइएको भन्ने कुरा झुट भएको थाहा हुँदाहुँदै पनि अझै पनि यो विषयमा लिङ्गरिङ गर्नुको अर्थ के ? एउटा कुरा । त्यो भडियो त परिवारले पहिले नै हेरेको हो नि त । परिवारले हेरिसकेको भिडियो फेरि मिडियामार्फत बाहिर निकाल्न लगाएर हामीलाई समात्न लगाउनुको अर्थ के ? जतिखेर समातियो त्यतिखेर यो हत्या हो या आ त्मह त्या क्लियर थिएन ।

समाइयो । ठिक छ ल्याइयो । ल्याइसकेपछि उनीहरुको पहिलो पटक भेट भयो । न उनीहरुबीच कुनै कनेक्सन छ । न कुराकानी छ । न टेक्स्ट छ । न मान्छे चिनेको । कुनै पनि चिज प्रमाणित भएन । उहाँहरुको प्रोसेस होला तर, त्यो प्रोसेसले मेरो भिक्टिम राइट्स गएन ? तीन वटा प्रोगाम नजाँदा कति मानिसको भ्वाइस गएन ? डर त मेरो भ्वाइसँग भयो उहाँलाई । त्यही डर त हो नि सबैभन्दा ठूलो कुरा ।

एउटा त्यो । अर्को कुरा जसले अनुसन्धानको क्रममा भएको भिडियो सरकारी फाइलबाट चोरेर या निकालेर त्यल्लाई दिइयो । कसले दियो ? दानबहादुर जी ले दिनुभयो । किनभने उहाँले त मसँग के भन्नुभाथ्यो भने म सँग छ है । मैले राख्या छु है । फुलु लगाएर बर्दीमा भन्नुभएको हो । उहाँले दिनुभयो । उहाँले नदिनुभएको भए सर्वेन्द्र जीले दिनुभयो । किनभने उहाँले रिपोर्ट गर्ने सर्वेन्द्र जीलाई होला । अथवा उहाँहरुको फरेन्सिक ल्याव होला । उहाँले दिनुभयो भने उहाँमाथि छानविन किन नहुने ?

अनी उहाँको अन्डरमा भएको इन्भेष्टिकेसनलाई मैले विश्वास गर्ने ? बिनाकारण मलाई म्याद थपिरहनुभएको छ । अब उहाँको इन्भेष्टिकेसनलाई मान्नुपर्ने भयो मैले । के थाहा मलाई त उहाँले मार्न पनि सक्नुहुन्छ । किनभने म विरुद्ध नै देखियो छ । अरु त केही देखिएन । होइने भन्ने भन्ने कुरा देखिहालियो । उसले रिजाइन दिएको देखिहालियो । गाइडेड मेन्टालिटी देखियो कि देखिएन ? कम्प्लििट्ली गाइडेड देखियो ।

ठिक छ उहाँले दिनुभयो । मैले त्यो भिडियो परिवारबाट लिएको भन्नुभयो । १। घटनास्थल सुरक्षित रहेछ त ? रहेछ त ? परिवारलाई त उहाँले दिनुभयो होला । अथवा घटनास्थलबाट परिवारले चोरेर लग्यो होला । अनि त्यो घटनास्थल शिल गरेको जिम्मेवारी कसको हो ? दानबहादुर मल्ल जीको । दानबहादुर मल्ल जीले सरकारी अनुसन्धानमा रहेको कागज, सरकारी प्रोफाइल, भिडियो चोर्नुभयो । चो रेर परिवारलाई दिनुभयो ।होइन परिवार पहिलै छिरेको रहेछ भने आत्महत्या अघि घटनास्थल सुरक्षित रहेन पहिल्यै छिरेको रहेछ । दानबहादुर जि नै पहिला छिरेको हो कि त्यहाँ ।’

Related Articles

Back to top button
Close