समाचार

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई चिठी- ‘के अब अख्तियार प्रमुखलाई पनि हिरासतमा लिनुहुन्छ ?’

  • राकेशकुमार शर्मा

प्रहरी महानिरीक्षकज्यु,
मर्नुभन्दा पहिले नै शालिकराम पुडासैनीले रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्कीको कारणले आ त्मह त्या गरेको बताएका छन् वा भिडियो फेला परेको छ । महानिरीक्षकज्यु कुरा यति मात्र होइन र ? उसाे भए आ त्मह त्या गर्नेले नाम लिएकै भरमा अहिलेसम्म कतिजनालाई तपाईंहरुले हिरासतमा लिनुभएकाे छ ?

यो केस शालिकराम पुडासैनी को आ त्मह त्यासँग सरोकार भएको केस हो । मेरो बुझाइमा रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्कीलाई फ साउनलाई नै गरिएको यो ष ड्यन्त्र हो । शालिकराम पुडासैनीले आत्महत्या गरेको हो वा त्याे हत्या हाे भन्ने सर्वत्र अांशका भइरहँदा पनि प्रहरीले किन वेलैमा प्रष्ट पार्न सकेन ? यसमा केही न केही गडबड भएको छ भन्ने मेरो बुझाइ छ ।

प्रहरी महानिरीक्षक ज्यु, तपाईंलाई केही कुराहरू ध्यानाकर्षण गराउन गइरहेको छु । यसभन्दा पहिले पनि रवि लामिछानेको नाम बदनाम गराउने मनसायले उनकी पहिलो श्रीमतीसँग सम्बन्ध विच्छेद नभई नै निकिता पौडेलसँग विवाह गरेको भनेर अफवाह फैलाइयो । आखिरमा रवि लामिछानेले निकिता पौडेलसँग विवाह गर्नुभन्दा पहिले नै पहिली श्रीमतीसँग सम्बन्ध विच्छेद गरिसकेका रहेछन् नि । योजनाकारहरु पहिलो योजनामा उनलाई नाम बदनाम गराउनमा असफल भए र माैका छाेपेर बसिरहे ।

रबि लामिछानेलाई यस्तो गर्न किन खोजियो भने प्रस्तोता लामिछानेको सीधा कुरा जनतासँग भन्ने कार्यक्रममा उनी कडाभन्दा कडा शैलीमा प्रस्तुत हुने र भ्रष्टाचारीहरु, माफियाहरु, तस्करहरु र गलत नेताहरूलाई नांगेझार बनाउने किसिमको थियो । यसकारण न्युज २४ को सीधा कुरा जनतासँग भन्ने कार्यक्रम नै रवि लामिछानेविरुद्ध बाेल्ने, उनलाई गिराउन खाेज्नेहरुकाे टाउकाे दुखाइकाे विषय थियाे र माैका छाेपी नै रहे ।

प्रहरी महानिरीक्षक ज्यु, भोलि आउने दिनहरूमा तपाईंको छोरा वा छोरीले म आफ्नो बुवा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको कारणले आ त्मह त्या गरेको हो भन्दै सु साइड नाेट छाेडेमा तपाईं ह त्यारा भइहाल्नुहुन्छ ? मेयर रेणु दाहाललाई उनका छोरा/छोरीहरूले ‘मम्मी, तपाईंले रवि लामिछानेमाथि झुठो आरोप लगाउनुभएको कारण साथीभाईहरुको टर्चर हामीले खेपिरहनु परेकोले तपाईंकै कारणले आ त्मह त्या गरेको हो भन्दिए भन रेणु दाहाललाई पनि उसैगरी थुन्न मिल्ला ?

महानिरीक्षक ज्यु,
तपाईहरुको काम नै अपरा धीहरुलाई थुन्ने हो । कुनै अ पराधी वा कुनै कैदी थानाबाट मुक्त हुनेबित्तिकै मलाई एसपी वा डिएसपी वा प्रहरी निरीक्षक वा सई वा असई वा जेलरले मानसिक यातना दिएकोले मैले आ त्मह त्या गरेको हो भनिदिएमा के ती प्रहरी अधिकारीहरु ह त्यारा साबित भइहाल्नुहुन्छ ?

हालै कलंकी मालपाेतका एक पूर्वकर्मचारीले पनि आ त्मह त्याअघि सु साइड नाेटमा अख्तियार प्रमुख नवीन घिमिरेकाे नाम लेखेका थिए, के अव उहाँलाई पनि तपाईंहरुले हिरासतमा लिएर अपराधी करार गर्न सक्नुहुन्छ ?

आ त्मह त्याका दाैरान नाम मुछिएकाहरु सबै ह त्यारा आराेपित हुने हो भने महानिरीक्षक ज्यु, भोलिका दिनहरुमा प्रहरीहरुलाई अ पराधी प क्राउ गर्न पनि गाह्रो हुनेछ । प्रतिशोधको भावनाले मानिसको आ त्मह त्या गर्ने विकृति र चाहना पनि बढ्दै जान्छ । यसतर्फ पनि ध्यान दिन र सचेत हुन जरुरी छ ।

प्रहरी महानिरीक्षक ज्यु, प्रहरी संगठनहरुमै पनि रवि लामिछानेका फ्यान वा साथीहरु धेरै छ्न् ।भोलि यही रवि लामिछानेको विषयवस्तुलाई लिएर प्रहरी संगठनभित्रै विद्रोह भयो भने के गर्नु हुन्छ ?

यसकारण मुलुकमा आगो लाग्नुभन्दा पहिले यसप्रकारका केसमा गम्भीर हुनु ठिक हुनेछ जस्तो मलाई लाग्छ । बरु पत्रकार शालिकराम पुडासैनीको ह त्या गर्ने वास्तविक ह त्याराको पत्ता लगाउने काम गरेमा यसले उनको आत्माले पनि शान्ति पाउनेछ । उनलाई पनि न्याय मिलाेस्, काेही निर्दाेष पनि नफसाेस् !

प्रहरी महानिरीक्षक ज्यु, मैले गलत कुरा लेखेको भएमा क्षमाप्रार्थी छु । बाँकी हजुरको विचार ।

Related Articles

Back to top button
Close