समाचार

रवि हिरासतमा हुँदा रेणु दाहालको यस्तो कठोर बिज्ञप्ति निकाल्दै दिइन चेतावनी

भरतपुर महानगरपालिकाले पत्रकार शालिकराम पुडासैनीको मृ त्युका सम्बन्धमा भइरहेको उत्पन्न असहज परिस्थितिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । महानगरपालिकाले विज्ञप्ति जारी गरी प्रमुखप्रति कपोलकल्पित, मनगढन्ते, अनर्गल तथा भ्रामक विचार सम्प्रेषण गर्ने, अपशब्द प्रयोग एवं गा लीगलौज गरी व्यक्तिको वैयक्तिक स्वतन्त्रतामाथि मानमर्दन गर्ने र अराजक परिस्थिति सिर्जना गर्ने प्रवृत्ति देखिनु दुःखद भएको जनाएको छ । कुनै पनि व्यक्तिको अस्वाभाविक मृ त्यु हुनु दुःखद विषय भएको उल्लेख गर्दै विज्ञप्तिमा अस्वाभाविक मृ त्युको कारणका लागि निष्पक्ष छानबिन गर्नु राज्य र सरकारको दायित्व भएको जनाइएको छ ।

महानगरपालिका प्रमुख रेनु दाहालद्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘कुनै पनि मुद्दामा अनुसन्धान गर्ने जिम्मा प्रहरीको, अभियोजन गर्ने दायित्व सरकारी वकिलको कार्यालयको र न्याय निरुपण गर्ने दायित्व सम्मानित अदालतको भएको हुँदा यस सम्वन्धमा निष्पक्ष, सत्यतथ्य छानबिन गरी ‘दोषी नछुटून् र निर्दोष नपरून्’ भन्ने मान्यताका आधारमा शीघ्र न्यायिक निरुपणका लागि महानगरपालिका सम्बन्धित पक्षसँग आग्रह गर्दछ ।’

उक्त घ टनाको अनुसन्धानका क्रममा रहेका व्यक्तिका विषयलाई लिएर कतिपय व्यक्तिबाट सडक एवं सामाजिक सञ्जालको दुरुपयोग गरी घ टनासँग कुनै सरोकार नै नभएका राज्यका उच्चपदस्थ नेतृत्व र व्यक्ति एवं संस्थालाई जोडेर अनावश्यक टीकाटिप्पणी तथा घ टनालाई विषयान्तर नगर्न महानगरपालिकाले विज्ञप्तिमार्फत सबैसँग अनुरोध गरेको छ । सडक एवं सामाजिक सञ्जालमा हाल देखापरेका अस्वाभाविक, प्रायोजित तथा अनर्गल प्रचारको भ्रममा नपर्न आम नागरिकमा अपिल गरिएको छ ।

Related Articles

Back to top button
Close